Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

खत्याडी देखि बेनीघाटसम्म

By साझासवाल 16 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:

हिक्मत शाही, डोटी |

मध्य श्रावण भएर पनि केहि दिनदेखि चर्को घाम लागिरहेको थियो । छितिजमा कहिँ कतै जुल्किने बादल पनि स्थिर थिएन । एकैछिन देखिने अनि फेरि खुल्ला आकासमा छरपस्ट भएर विलिन हुने । यो उपक्रमका बिच सूर्यको राप र तापका कारण घरतीमा धाजा फाटेका थिए । काकाकुल बनेको धरती आफ्ना तिर्खाएका अधरहरू एकटकले आकासतिर बाँधिरहेको प्रतित हुन्थ्यो ।

बिद्यालयको बर्षे बिदा थियो । मेरो गाउँका सबै साथीहरू अस्ति नै घरतिर लागिरहेका थिए तर म चाँहि यसपाली अर्कै योजनामा थिए । त्यसैले घर गइन । साथीहरु घर गएकै दिन मैलेपनि मिश्रबाडा छोडेर मफघरमा बसाइ सरे । मझघरमा साथी नरबहादुर र मित कृष्ण बस्थे अब म पनि उनिहरुसंगै मिसिए । दुई दिन भुँइपत्ताल लगाएर वर्षे बिदाको गृहकार्य सिध्ध्याए पछि हामी हाम्रो योजनामा लाग्यौ । योजना थियो सेती( कर्णाली दोभान सम्मको पदयात्रा ।

आज पदयात्रको पहिलो दिन , घरपेटी फुपूले बिहानै रोटी पोलिन तर यसो(उसो गर्दै केहि समय लाग्यो ्र केहि रोटी निलेर अनि केहि रोटी झोलामा हालेर हामी घरबाट निस्कँदा लालिमाका किरणहरु दरिइसकेका थिए ्र

खत्याडीलाई पछि पारेर थला नपुग्दै पृष्टभूमिका दृश्यहरू पनि फेरिइसकेका थिए ्र थलाको सुन्दरता साँच्चै लोभलाग्दो छ ्र पूर्बपट्टि देउपुरको सल्लेरी पाखो, त्यस भन्दापनि तल गैरीलेक, पश्चिम पट्टि मालिकाको दक्षिण पाखोमा लहरै मिलेर बसेका बाँझ,कटुस, काफल, घंगारू अनि लालिगुराँसका बोटहरू अनि बिचमा उत्तर दक्षिण लमतन्न फैलिएर रहेको थलाको मनमोहक चौर । खत्याडीबाट निस्किए पछि हामीले पनि पहिलोपटक थलाकै पिपल चौतारोमा आड लगायौ र वरपरको दृश्यलाई आँखा भरि कैद गर्यौ ।

केहि छिन थलाको चौतारोमा सुस्ताएपछि हामी देउपुरको पश्चिम पाखो हुँदै उधो लाग्यौ । पानीनिल्ने खोलामा पुग्दा एक हुल गोरू उभो लाग्दै थिए । गोठाला गोठाल्नीहरू थिएनन् तर पनि गोरूको सिंगै लाम पंक्तिबद्द भएर गाऊँ तिरको गोरेटो नापिरहेको थियो । लुल्वा पुगेर उभो दृष्टिपात गर्दा चौपायाको मनमोहक लाम धेरै माथि पुगिसकेको थियो तर गोठालाको अझै अत्तोपत्तो थिएन ।

चौपातीलाई पछि पारेपछि बन्डारिबाको खोलोमा पुग्दा खोलाको गति सुस्त बनेको थियो । साउने खडेरीको मारमा बन्डारी खहरे पनि परेको थियो । गतिहीन बनेको बन्डारी खोलामा खुट्टाको धुलो टक्टक्याएर हामी पनि उधो लाग्यौ ।

लामो ओरालोलाई पछिपारेर गलागाढ पुग्दा घुँडाका जोर्नीहरु छोइसक्नु थिएनन् । थकानको हिसाब किताब थिएन । शरीर पसिनाले निथ्रुक्क भिजेर त्यसैको अमिलो गन्धना डुबेको थियो । गलागाढमा पुग्दा भने शरीरलाई धोरै त्राण मिलेको अनुभुति भयो । गलागाढ तरेर आफ्ना झोलाझ्याम्टा थोरै माथिको खेतको आलिमा थान्को लगाएर हामी फेरि खोलामा झरेर पौडिन थाल्यौ । धित मरुन्जेल पौडिएर पारि पाखोमा लाग्दा हातगोडा थकानले लल्याक(लुलुक भएका थिए भने पेटमा हावामात्रै बाँकि थियो ।

हामीलाई भोकको त्यति धेरै चिन्ता थिएन किनभने फुपूले माया गरेर हाम्रो झोलामा हालेका रोटी अझै झोलामा नै थिए । हामीले लुगा फेरेर झोलाबाट रोटी निकाल्यौ तर भैदिएछ के भने झोलामा रोटी मात्रै, रोटीको साथी हामीसंग रहेनछ । फुपूले रोटी झोलामा हाल्दा खुर्सानी पिसेको नुन हाल्न बिर्सिएकी रहिछन् । त्यसको जोहो गर्न पनि हामीलाई हम्य परेन किनभने खेतको तल्लो किनारामा रहेको पानीघट्टमा पिठो पिस्न आएका बैनीहरू संग नुन मागेर हामीले तत्कालको गर्जो टार्यौ । घाँटी अमिलो पार्न र रोटी निल्न टाउकै माथि पहेलपुर आँप अघिदेखि नै पाकेका थिए ।

गलागाढबाट दुई दुई अन्जुली पानी निलेर हामी पहिले खेतैखेत र पछि बुट्यान र झाडि पन्छाउँदै कोल्तडीको खोला किनार पुग्यौ । कोल्तडी खोला तरेपछि उकालो हुँदै इनडातिर उभो लाग्यौ हामी । लमतन्न ठडिएको उकालोमा जति उभो लाग्दै गयौ भोक , तिर्खा र थकानले एकैसाथ गाँझ्न थाल्यो । अब त फुपूका रोटी पनि हामीसंग थिएनन् ।

उकालोको अन्तमा इनडा गाँऊ झुल्किए पछि भने हामीले थोरै राहतको सास फेर्यौ । इनडाको पुछारैमा रहेको घरमा बम्बैया आँप (उन्नत जातको ठूला दाना भएको आँप) रूखमै पहेंलपुर भएर पाकेको रहेछ । हामीले दश रुपयाँ खर्चिएर पोल्टो भरि आँप किन्यौ र आँप चुस्दै गाऊँ हुँदै उभो लाग्यौ । इनडालाई तल पारेर कानाचौरको पाखोमा पुग्दा सुर्यले पश्चिम छितिज अघिनै नाघिसकेका थिए ।

कानाचौरको डाँडामा तिनताका एउटा बिद्यालय र एउटा सानो चियापसल थियो । हामीले त्यहि चिया पसलबाट दश रूपयाँका पाँचवटा चमेना बिस्कुट लियौ र पल्लो पाखो हँदै ओरालो बाटो समात्यौ । कानाचौरबाट धालछडा पुग्दा अध्यारो भैसकेको थियो । अध्यारो मात्रै भए पो ? केहि दिन देखि उदाड.्ग रहेको निलो आकास केहि छिन मै कालो भयो । चारैतिरबाट ओइरिएको बादल शान्त भएर कतिबेर बस्न सक्थ्यो र ? हेर्दाहेर्दै मुसलधारे पानी दर्कन थाल्यो । हामीसंग ओतलाग्ने साधन केहि थिएन । थकानले अघिनै लखतरान भएका हाम्रो हालत अब चै भिजेको बिरालो जस्तो भयो । पानीको तालबाट चोबलेर निकाले जस्ता भएका हामी डौटीबाट उभो लागेर कोटिला पुग्दा रातको नौं बजिसकेको रहेछ ।

मेरा मित कृष्ण जोशी , हो उनैको घर छ कोटिला गाऊँमा । आजको हाम्रो मुकाम पनि मितजी कै घर थियो । मकैबारी पन्छाउँदै मितजीको घरको आगनमा पुग्दा घरको भुईतलाबाट आकासै छेडुलाझै गरेर धुवाको बाक्लो मुस्लो निस्कंदै थियो । मितबा मझेरीमुनि टोलाएर बसेका थिए । हामीले मितबालाई ढोगभेट गरि नसक्दै मितिनी आमा आगाको फिलिंगो भएर धुवाको मुस्लोबाट बाहिर निस्कनु भयो । साँझका पाहुनालाई देउता समान मान्ने हाम्रा गाऊँघरमा मितआमाको त्यस्तो ब्यबहार मेरालागि अप्रत्यासित र अकल्पनीय थियो तर मेरा मितको जीवन भोगाईको अभिन्न हिस्सा रहेछ त्यो । तिनी मेरा मितकी सौतेनी आमा रहिछन् । उनी फत्फताउँदै थिइन । मितबा बसिरहेकै ठाऊँबाट जुरूक्क उठे र हामीलाई डोर्याउँदै घरबाट उभो लगे । सांघुरो गोरेटो छिचोलेर हामी फेरि अर्को घरको आगनमा पुग्यौ । हाम्रा लागि संयोगले जुराएको त्यो घर साँच्चै घर रहेछ । मध्य रातमा पनि घरपेटी आमाले हामीलाई गरेको आतित्थ्य सत्कार म जीवन रहेसम्म कहिल्यै बिर्सन सक्नेछैन ।

खाना खाएर न्यानो लुगाको शरणमा पुग्दा रात निकै ढलिसकेको थियो ।

बिहान जाग्दा छ्याङ्ग उघ्रिएको आकासमा सूर्य निकै उकालो लागिसकेका रहेछन् । हाम्रा भिजेका लुगा घरपेटी आमाको मायाको रापले हामी नजाग्दै सुकिसकेका थिए । तिनै लुगा आँड.मा टाँगेर तात्तातो भत निलेपछि हामीले दयालु घरपेटी आमासंग बिदा माग्यौ । अबको हाम्रो गन्तब्य थियो मेल्टा । सिस्नेखोला तरेर उभो लागेका हामी दिन नढल्दै मेल्टा नरबहादुरको घरमा पुग्यौ ।

नरबहादुरको घर के भन्नु र ? आफ्नै घर । नरबहादुरकी आमा के भन्नु र ? आफ्नै आमा । घर पुगेको आधाघण्टा नहुँदै आमाले तात्तातो खिर खुवाएर हाम्रो स्वागत गर्नु भो अनि हाम्रा हिजो देखिनै भिजेका सबै लुगाफाटा बोकेर पँधेरा तिर लाग्नुभयो । आमा पंधेरा लागेपछि हामी आनन्दको लामो सास फेरेर उग्राउदै निदायौ ।

आमा हुनु र नहुनुले हाम्रो जीवनमा कति फरक पर्दोरैछ भन्ने कुराको अनुभुति पहिलो पटक त्यस दिन भएको थियो मलाई । मेरा मितकी आमा हुनभएको भए हिजोको रात हामीले आफ्नै घरबाट अपमानित भएर अर्काको घरमा रात काट्नु पर्ने थिएन । मितकी आमा नहुनुले हामीलाई एक रात मात्रै पनि त्यसरी बिझायो भने मेरो मितका आमा बिनाका हरेक रातहरु कसरी बित्दा हुन् ? त्यो मेरो कल्पना भन्दा बाहिरको कुरा थियो ।

मेल्टा पुगेको बेलुका लोकल कुखुराको झोलसंग थपि(थपि भात खाएर राती अबेर निदायौ । हामीले भोलि सबेरै बेनीघाट ( सेती कर्णालीको दोभान ) जानु थियो ।

झोलामा दिनभरिलाई पुग्ने रोटी हालेर दुधसंग चार गास भात निल्दै हामी तीन भाइ बेनीतिर उधो लाग्यौ। पोखरीताल , बान्नी अनि मटेला हुँदै हामी बेनीघाट पुग्यौ । बेनीघाट त्यहि ठाऊँ हो जहाँ सेती र कर्णाली संधैका लागि एकाकार हुन्छन् । अथाह जलराशीका साथ सेती र कर्णालीको घम्साघम्सी अनि जुहारी हेर्दा महसुस हुने अनुभुतिलाई नाथे शब्दले मात्रै कसरी चित्रण गर्न सकिन्छ र ? सकिन्छ भने एकपटक तपाईँहरू पनि अवश्य पुग्नुहोला है !

( लेखक शिक्षण पेशमा आबद्ध हुनुहुन्छ )