2026-09-28 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा

2026-09-03

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्को र शोकको घडीमा आफ्नो पार्टी सरकारको साथमा रहेको स्पष्ट पारेको छ। रास्वपा सचिवालयको आज बसेको तीनै तहका सरकारले गरेका कामलाई साथ दिने निर्णय गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए। ‘यो शोकको घडीमा सरकारको साथमा पार्टी छ। सरकार भनेको संघीय मात्र होइन, तीनै तहको सरकारको साथमा पार्टी छ,’ उनले भने।

खरेलले पार्टीप्रति विश्वास गरेर प्राप्त भएका राहत सामग्री सरकारी संकलन केन्द्रमार्फत पीडितसम्म पुर्‍याउने काम भइरहेको जानकारी दिए। पार्टीले राहत वितरणमा सरकारी संयन्त्रमार्फत राहत सहजीकरण गर्ने काम गरिरहेको उनको भनाइ छ।‘राहत आएको छ, यो सामग्री पनि हामीले सरकारी संकलन केन्द्रमा पठाउँदैछौँ। पार्टीतर्फबाट राहतका लागि हुलाकीको काम मात्र गरेको जानकारी गराउन चाहन्छौँ,’ उनले भने।

सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल तथा त्यसबाट निस्किएका निष्कर्षबारे समेत जानकारी गराएको खरेलले बताए। उनले सर्वदलीय बैठकमा विपद्का बेला राजनीतिक ऐक्यबद्धता कायम गर्ने विषयमा सहमति भएको बताए। विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा समेत सर्वदलीय बैठकमा जोड दिइएको पार्टी सभाति लामिछानेले बैठकमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?