2026-10-20 02:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा

2026-09-03

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद्को र शोकको घडीमा आफ्नो पार्टी सरकारको साथमा रहेको स्पष्ट पारेको छ। रास्वपा सचिवालयको आज बसेको तीनै तहका सरकारले गरेका कामलाई साथ दिने निर्णय गरेको रास्वपा प्रवक्ता जगदीश खरेलले बताए। ‘यो शोकको घडीमा सरकारको साथमा पार्टी छ। सरकार भनेको संघीय मात्र होइन, तीनै तहको सरकारको साथमा पार्टी छ,’ उनले भने।

खरेलले पार्टीप्रति विश्वास गरेर प्राप्त भएका राहत सामग्री सरकारी संकलन केन्द्रमार्फत पीडितसम्म पुर्‍याउने काम भइरहेको जानकारी दिए। पार्टीले राहत वितरणमा सरकारी संयन्त्रमार्फत राहत सहजीकरण गर्ने काम गरिरहेको उनको भनाइ छ।‘राहत आएको छ, यो सामग्री पनि हामीले सरकारी संकलन केन्द्रमा पठाउँदैछौँ। पार्टीतर्फबाट राहतका लागि हुलाकीको काम मात्र गरेको जानकारी गराउन चाहन्छौँ,’ उनले भने।

सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा भएका छलफल तथा त्यसबाट निस्किएका निष्कर्षबारे समेत जानकारी गराएको खरेलले बताए। उनले सर्वदलीय बैठकमा विपद्का बेला राजनीतिक ऐक्यबद्धता कायम गर्ने विषयमा सहमति भएको बताए। विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्नेमा समेत सर्वदलीय बैठकमा जोड दिइएको पार्टी सभाति लामिछानेले बैठकमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ