2026-09-28 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल

2026-09-03

काठमाडौँ | नेकपा (एमाले) की सांसद एशाेदा बरालले विपद्को समयमा सरकारले देखाएको सुस्तता र एकद्वार प्रणालीका नाममा भएको ढिलासुस्तीप्रति कडा आपत्ति जनाएकी छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले नागरिकको जीवन रक्षाभन्दा ठुलो अर्को कुनै प्राथमिकता हुन नसक्ने बताइन्।

सांसद बरालले जलविद्युत् आयोजनाको सुरुङभित्र अझै पनि नागरिकहरू जीवितै हुन सक्ने भन्दै तत्काल खोजी र उद्धार कार्य अघि बढाउन माग गरिन्। ‘कर्णालीका केही मानिसहरू त्यहाँबाट भागेर मलाई भेट्न आउनुभएको थियो, उहाँहरूका अनुसार सुरुङभित्र दुई तले भवनजस्तो संरचना छ जहाँ मानिसहरू बस्ने व्यवस्था छ,’ उनले भनिन्, ‘त्यहाँभित्र अझै पनि मानिसहरू जीवित हुन सक्ने आशा छ। सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन।’

सरकारले ल्याएको एकद्वार प्रणालीका कारण पीडितहरूले समयमा राहत पाउन नसकेको र जनता भोकभोकै बस्नुपरेको उनले दाबी गरिन । ‘सरकारले आफ्नो दम्भ त्यागेर नागरिकको ज्यान बचाउन लाग्नुपर्छ। न सास भेटिएको छ, न लास, न बस्ने बास छ,’ उनले भावुक हुँदै भनिन्, ‘अभिभावकहरू विचलित छन्, सरकारको ध्यान यतातर्फ किन जाँदैन ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको भन्दै अडिओ संवाद गर्ने व्यक्ति पक्राउ कालीगण्डकीको बाढी हेर्ने क्रममा भीरबाट खसेर बागलुङमा एक जनाको मृत्यु चाडबाडमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन यातायात व्यवसायीको माग के खाएपछि कन्फिडेन्स आउँछ? विपक्षीलाई खगेन्द्र सुनारको व्यंग्य प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत पक्राउ पर्दा दुर्गा प्रसाईंले भने– ‘सिंहदरबार खरानी बनाउनेलाई लखेट्छु जनता डराएर शासन गर्छु भन्ने दुनियाँमा कोही पनि शासक सफल भएका छैनन् : सांसद ढुंगाना अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो भोटेकोसी बाढीबारे संसदीय विशेष समितिको सभापति निर्वाचन असोज १४ गते हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?