Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

विदेशबाट कसरी पठाउनुहुन्छ नेपालमा रकम? कानुनी कारबाहीमा परिएला नि!

२०८०, १८ मंसिर सोमबार ०८:१६

मङ्सिर १८, काठमाडौँ | विदेशमा काम गर्ने नेपालीले स्वदेशमा रकम पठाउँदा वैध तरिका अवलम्बन नगर्दा तिनका परिवारका सदस्यले ठगीको माध्यमबाट प्राप्त हुने रकम बुझ्ने गरेको भेटिएको छ। 

प्रहरीको साइबर ब्यूरोका अनुसार वैदेशिक रोजगारमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी नेपालमा रहेका परिवार तथा आफन्तलाई पठाउने गरेका छन्। 


त्यसरी अवैध रुपमा रकम पठाउने काम गर्ने व्यक्तिले नेपालस्थित सम्बन्धित परिवारका सदस्य र आफन्तलाई रकम बुझाउने पनि गर्छन्। तर त्यस्तो रकम अनलाइनसम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम हुने गरेको साइबर ब्यूरोले जनाएको छ। 

गैरकानुनी रुपमा रकम पठाउनेहरुले फ्रड तथा स्क्याम मनीको रुपमा आर्जित रकम वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको बैंक खातामा जम्मा गर्ने गरेको खुलेको साइबर ब्यूरोले जनाएको छ। 

‘विदेशमा दु:ख, परिश्रम गरी कमाएको रकम अनलाइन सम्बद्ध ठगीबाट प्राप्त रकम (फ्रड तथा स्क्याम मनी) मा रुपान्तरण भइ कानुनी कारबाहीको भागिदार हुनुपर्ने अवस्था सिर्जना हुने हुँदा विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन हुन अनुरोध गरिन्छ,’ साइबर ब्यूरोका एसपी पशुपति कुमार रायद्वारा जारी सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै