१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

विदेशबाट कसरी पठाउनुहुन्छ नेपालमा रकम? कानुनी कारबाहीमा परिएला नि!

१८ मंसिर २०८०, सोमबार ०८:१६

मङ्सिर १८, काठमाडौँ | विदेशमा काम गर्ने नेपालीले स्वदेशमा रकम पठाउँदा वैध तरिका अवलम्बन नगर्दा तिनका परिवारका सदस्यले ठगीको माध्यमबाट प्राप्त हुने रकम बुझ्ने गरेको भेटिएको छ। 

प्रहरीको साइबर ब्यूरोका अनुसार वैदेशिक रोजगारमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी नेपालमा रहेका परिवार तथा आफन्तलाई पठाउने गरेका छन्। 


त्यसरी अवैध रुपमा रकम पठाउने काम गर्ने व्यक्तिले नेपालस्थित सम्बन्धित परिवारका सदस्य र आफन्तलाई रकम बुझाउने पनि गर्छन्। तर त्यस्तो रकम अनलाइनसम्बद्ध ठगीको माध्यमबाट प्राप्त गैरकानुनी रकम हुने गरेको साइबर ब्यूरोले जनाएको छ। 

गैरकानुनी रुपमा रकम पठाउनेहरुले फ्रड तथा स्क्याम मनीको रुपमा आर्जित रकम वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारको बैंक खातामा जम्मा गर्ने गरेको खुलेको साइबर ब्यूरोले जनाएको छ। 

‘विदेशमा दु:ख, परिश्रम गरी कमाएको रकम अनलाइन सम्बद्ध ठगीबाट प्राप्त रकम (फ्रड तथा स्क्याम मनी) मा रुपान्तरण भइ कानुनी कारबाहीको भागिदार हुनुपर्ने अवस्था सिर्जना हुने हुँदा विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन हुन अनुरोध गरिन्छ,’ साइबर ब्यूरोका एसपी पशुपति कुमार रायद्वारा जारी सूचनामा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार