2026-09-27 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अस्ट्रेलियाली क्रिकेटमा विचित्रको घटना !

एजेन्सी | अस्ट्रेलियाको घरेलु क्रिकेटका क्रममा एउटा विचित्रको घटना भएको छ । अस्ट्रेलियाको तेस्रो श्रेणीको एसीटी क्रिकेट प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । खेलका क्रममा बलरले फालेको बलले लागेर ‘मिडल स्टम्प’ (बिचको स्टम्प) ढले पनि अम्पायरले ब्याट्सम्यानलाई आउट दिएनन् । 

खासमा बलरले फालेको बलले लागेर ‘मिडल स्टम्प’ त ढल्यो तर, स्टम्पमाथि राखिएको ‘बेल्स’ भने जस्ताको त्यस्तै रह्यो । स्टम्प ढलेपछि बलरले आउटको ‘अपिल’ गरे । अम्पायर पनि केही समय अलमलमा परे । तर, उनले ब्याट्सम्यानलाई आउट भने दिएनन् ।

‘स्टम्प’ ढल्दा पनि फिल्डमा रहेका अम्पायरले ब्याट्सम्यानलाई आउट नदिएपछि मैदानमा बिवाद पनि भयो । त्यसपछि क्रिकेटको निमयमाथि बहस सुरु भयो । मैदानमा रहेका अम्पायरले क्रिकेटको नियमकै आधारमा आफूले ‘स्टम्प’ ढले पनि ब्याट्सम्यानलाई आउट घोषणा नगरेको दाबी गरे ।

उक्त घटना आइतबार जिनिनदेरा क्रिकेट क्लब र वेस्ट डिस्ट्रिक्टबिचको खेलका क्रममा भएको थियो । जिनिनदेरा क्रिकेट क्लबका बलर एन्डी रेनोल्ड्सले फालेको बलले लागेर ‘मिडल स्टम्प’ ढलेको थियो । त्यतिबेला वेस्ट डिस्ट्रिक्टका ओपनर ब्याट्सम्यान म्याथ्यू बोसुत्सो ब्याटिङ गरिरहेका थिए ।

‘स्टम्प’ ढलेपछि ब्याट्सम्यान पेभेलियनतर्फ लागिसकेका थिए । तर, अम्पायरले आउटको संकेत नगरेपछि उनी पनि अन्यौलमा परेका थिए । पछि ‘स्टम्प’ माथि राखिएको ‘बेल्स’ आफ्नो स्थानमा यथावत रहेकाले अम्पायरले आफूलाई आउट घोषणा नगरेको थाहा पाएपछि उनी पुनः क्रिज समाल्न फर्किएका थिए । 

क्रिकेटको नियमले पनि स्टम्पमाथि राखिएको कम्तिमा एउटा बेल नखसेसम्म ब्याट्सम्यानलाई आउट भएको मान्दैन । ‘मैले आफ्नो खेलजीवनमा यसअघि यस्तो घटना कहिल्यै देखेको थिइन,’ वेस्ट डिस्ट्रिक्टका कप्तान साम विटम्यानले भनेका छन्, ‘मैलेमात्र होइन मैदानमा उपस्थित हामी कसैले पनि यस्तो घटना देखेका थिएनौं ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह