2026-09-18 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

अध्यागमन र एयरलाइन्सका कर्मचारी यसरी मिलाउँथे भिजिट भिसाको सेटिङ

मङ्सिर २७, काठमाडौँ | सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने गिरोहलाई गत असोज १९ गते नियन्त्रणमा लिएयता अध्यागमन विभागका अधिकृत नरवीर खड्काको कनेक्सन खुलेको थियो ।

९ महिनाअघि मात्र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर पुगेका खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तत्कालै पक्राउ गरेन ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार प्रहरी उनी विरुद्ध ठोस प्रमाण संकलन गर्न निगरानी गरिरहेको थियो । उनै खड्का मङ्गलवार आफ्नै निवासबाट पक्राउ परे । ती अनुसन्धान अधिकारीका अनुसार एजेन्टका रूपमा काम गर्ने पदम खड्काले घरमै पुर्‍याएर २ लाख रुपैयाँ बुझाएलगत्तै प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

‘उनले प्रहरी देख्नेवित्तिकै आफूसँग भएका केही डकुमेन्ट नष्ट गर्न खोजेका थिए’, ती अधिकारी भन्छन् ।

भिजिट भिसामा सेटिङमा पठाएबापत उनले एक जनाबापत १० देखि १५ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार खड्काको साथबाट सेटिङका केही डकुमेन्टहरू पनि बरामद भएका छन् । प्रहरीले नेपाल एयरलाइन्सका एक जना अधिकृत र नासुलाई पनि पक्राउ गरेको छ। उनीहरूले सेटिङमा जाने व्यक्तिसँग ४० देखि ६० हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्ने नेपाल एयरलाइन्सका कर्मचारीहरूमा अरविन यादव र होम पोखरेल छन् ।

‘सेटिङमा जाने व्यक्ती नफर्किने र उतै बस्ने भएकाले एयरलाइन्सका कर्मचारीको भूमिका पनि हामीले सुरुबाटै शंका गरेका थियौँ’, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौरले भने ।

प्रहरीले कम्तीमा ५ वटा एयरलाइन्सका कर्मचारीहरू यति बेला छानबिनमा रहेको जनाएको छ।

भिजिट भिसामा जान तयार भएर बसेका २ सय ४६ जनाको राहदानीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । फेक डकुमेन्ट बनाएर यात्रामा सहजीकरण गरेको भन्दै ६ वटा ट्राभल एजेन्सीका सञ्चालक पनि पक्राउ परेका छन् ।

‘विमानस्थलमा कार्यरत प्रहरीकै भूमिका पनि शंकास्पद देखिन्छ। हामी अनुसन्धान गरिरहेका छौँ । चाँडै नतिजा आउँछ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले यसअघि पनि प्रहरी अधिकारीलाई पक्राउ गरेको छ। हालसम्म यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् ।

जसमध्ये ९ जनामाथि संगठित अपराधमा अनुसन्धान भइरहेको छ भने १२ जनामाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। त्यसबाहेक ८ जना भने धरौटीमा छुटिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई