By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    13 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    15 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    19 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    15 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: आहाराको खोजीमा बगेका आँशुहरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आहाराको खोजीमा बगेका आँशुहरु
काठमाडौँ - KTMलेख

आहाराको खोजीमा बगेका आँशुहरु

साझासवाल
Last updated: October 15, 2016 11:49 am
साझासवाल
15 Min Read
Share

नर बहादुर कार्की | 

गरिब अनाथ, बालक हामी, छैन कोई सहारा,

कटौरी बन्यो, जिन्दगी हजुर, खानलाई आहारा ।

अंकल आन्टी, दाइदिदी भनें, सहारा देऊन,

लात् मारे भने, निर्दयी हजुर, भिखारी यी हुन ।

भूँडिवाल आए, कड्केर बोले, खाते चुप् भनेर,

एक रुप्याँ माग्नु, बाध्यता हजुर, भिखारी बनेर ।

भोक लाग्यो दाइ, भाइले भन्यो, के दिऊ खानलाई,

चिच्याइ रोएँ, मन दुख्यो हजुर, ठाउँ छैन जानलाई ।

नाङ्गै छ शरीर, भोकै छ पेट, बाँचू म कसरी,

आमाबा दुबै, परलोक हजुर, चोट छ मनभरि ।

रुखको अडेस, बाटोमा बस्यौं, थापेर एक् भाडोँ,

आइजा हे काल, जप्दै छु हजुर, लगिजा हे चाडोँ ।

हे भगवान, किन जनम दिन्छौं, म जस्ता दुखीलाई,

न सक्छु मर्न, न बाँच्न हजुर, काल भो मुखिलाई ।

जन्म प्रकृतिको नियम । सन्तती बढाउन होस् या संसार चलाउन भनौ, हरेक सजिब प्राणीले आफूजस्तै अर्को प्रतिमुर्ति बनाइनै रहेका हुन्छन् । यसै संसारका प्राणीहरु मध्येकै थिए मेरा आमाबा पनि । चाहेर होस् या नचाहेरै होस् । जे होस् मेरो आमाबाले पनि यस संसारको रितिथिति पूरा गरेरै छोड्ने बिचार गरेछन् क्यारे । म आमाको पेटभित्र कोपिला भइसकेको रहेछु । मैले २०६१ साल बैशाख १२ गते सोमबार दिउसो २ बजे यस संसारमा पहिलो पटक स्वास फेरेँ । आँखा उघारें । हात खुट्टा चलमलाएँ । च्याहाँ च्याहाँ गरेर रोएको थिएँ ।

म आमाबाको पहिलो सन्तान थिएँ । बा पन्जाबको जलान्धर स्थित एक कम्पनिमा चौकिदारी गर्थे । मेरो जन्ममा खुशी मनाउन मेरा बा म जन्मेको तिन दिनमै भारतबाट तुरुन्त नेपाल घर पुगेका थिएँ । म जन्मेको ६ दिनमा खुब धुमधामसँग छैटी खेलाएका थिए । त्यसै दिन भाविनीले मेरो निधारमा भाग्यको रेखा कोरिदिएकी थिइन् । त्यो दिन मेरा आमाबा खुब रमाएका थिएँ । गाउँमा पनि मेरो खुब चर्चा चलेको थियो । गाउलेहरु हेर्न आउदा आमालाई भन्ने गर्थे, ’माइलीले त पहिलो जत्कालमै बाउसे पाई । साह्रै राम्रो बच्चा छ । चकोरका जस्ता आँखा । चौडा निधार । गोरो बर्ण । ठूलै मान्छे होला जस्तो छ ।’ आमा साह्रै खुसी हुन्थिन् रे । बाले मेरो न्वारनको दिन हेराइकोराइ गरेछन्। दशऔं दिन पुगेको अवसरमा मेरो न्वारन गराएरै छाडें । नभन्दै बाहुनले मेरो नाम धनपति राखिदिएका थिए अनि भनेका थिए, ’धनपति ठूलो मान्छे बन्छ । महिनाको लाखौं रुपैयाँ कमाउने योग छ । या त ठूलो नेता बन्छ । या त प्रख्यात उद्योगपति बन्छ ।’ आमाबा त्यो भबिष्यबाणी सुनेर साह्रै खुसी भएका थिए ।

मेरो न्वारन सकेर बा भारततिर गएका थिए । ६ महिनापछि बा फेरि घर फिरेका थिए । मलाई छ महिना पुगेपछि मेरो पास्नी पनि खुब धुम धामसँग मनाइएको थियो । खसी काटेर गाउँलेहरुलाई दरो भोज खुवाइएको थियो । जेहोस् मेरा बाल्यकालका दिनहरु रमाइलोसँग बितिरहेका थिए । म ठुलो भएर कक्षा १ मा भर्ना भइसकेको थिएँ । म जन्मेको ६ बर्ष पछि अर्थात २०६७ सालमा मेरो भाइ धनमालको जन्म भयो । दुनै दाइभाइको नाम ध पहिलो अक्षरबाट आयो । धनपति र धनमाल दुबै भाइका नामहरु धनैसँग जोडिए । म मेरो सानो भाईलाई खुबै माया गर्थे । खेलाउथेँ । आमाबा पनि रमाइ नै रहेका थिएँ । बा पनि भारतबाट चाडपर्बमा घर आइरहन्थे । मेरो लागि लुगा कपडा र चकलेट बिस्कुट आदि खानेकुराहरु ल्याइ रहन्थे ।

मेरो सानो भाइ धनमाललाई १ बर्ष पुगेको थियो । अकस्मात् एक दिन आमाका हात खुट्टाहरु सुन्निएर सिमलको फेदजस्तै मोटा भए । गाउँको स्वास्थ्य चौकीमा जादाँ आमालाई राम्रो अस्पताल गएर चेकअप गराउने सल्लाह दिए । आमाले बालाई फोन गरिन् । फोन गरेको तेस्रो दिन बा जलान्धरबाट घर पुगेँ । अरु ठाउँ लैजानु भन्दा इन्डिया नै लैजाने बिचार गरे । २०६८ साल चैत्र १८ गते बाले आमालाई इन्डिया लैजाने तयारी गरे । भाइ सानै थियो । उसलाई लैजानै पर्ने थियो । आमाबाले मलाई पनि आफूसँगै लगेर जाने बिचार गरे । गोठमा रहेको गाईलाई बाले गाउँलेका जिम्मा लगाइदिए । हामी चारै प्राणी आमाबा र छोराहरु जालन्धरको बाटोतिर लम्कियौं । दुई दिनको कठिन यात्रापछि बल्ल जालन्धर पुग्यौँ । मलाई जालन्धर नयाँ लाग्यौं । सायद ७ बर्षको कलिलो बालक हुनाले होला । गाडीहरु कुदेका देखें । रमाइलो मानेँ । आमा बढिबढि सुनिदै गएकी थिइन् । आमाको अनुहार पनि नचिनिने भइसकेको थुयो । बाले आमालाई हस्पिटल लगे। सम्पूर्ण बडिको चेक अप गराउनु पर्ने भयो । बाले पाँच हजार भारु जम्मा गरे । आमाको चेकअप गराए । आमाका दुबै मृगौला फेल भएको रिपोर्ट आयो । बा छाङ्गाबाट खसे जस्तै भए । आमा रुन थालिन् । बाले डक्टरसँग सल्लाह गरे । डाक्टरले तुरुन्तै अप्रेसन गरेर मृगौला प्रत्यारोपण गर्नुपर्ने नत्र बिरामीको ज्यान जान सक्ने कुरा बतायो । मृगौला प्रत्यारोपणका लागि ७ लाख भारु लाग्ने कुरा बतायो । ’हे भगवान के गर्ने ?’ बा अल्मल्ल परेका थिए । शरीरभरि चिटचिट पसिना आएको थियो । आमाको तुरुन्तै मृगौलाको डाइलसिस गर्नुपर्ने भयो । एक पटकको डायलसिको मात्र २००० भारु. खर्च हुदो रहेछ । मेरा बा त्यो दिनदेखि जिउदै लास बनेका थिए । कम्पनिबाट पनि काममा तुरुन्त आउनु पर्यो भन्ने फोन आउन सुरु भइसकेको थियो । आमालाई छोडेर बाले नोकरीको वास्ता गरेनन् । बरु गाउँ जाने योजना बनाए । गाउँमा रहेको जग्गाजमिन बेचेर भएपनि आमाको उपचार गराएरै छाड्ने निधो गरे । आमाको डायलसिसको लागि अस्पतालमा पैसा जम्मा गरिदिए । हाम्रा लागि १ महिना पुग्ने गरी रासनपानी पनि जम्मा गरेर बा डोटी नेपाल फर्के । हाम्रा गाउँमा १०र१० नाला बिउँ लाग्ने दुईवटा खेत थिए । अतासले गर्दा १० र १० लाखमा बिक्रिहुने खेत ५र ५ लाखमै राजिनामा गरिदिएछन् । साँग स्वाडो, उजगलो सबै बिक्रि गरे । १० लाख भारु जति जम्मा गरेर बा १६ औं दिनमा जालन्धर पुगे । दोस्रो दिन बिहानै कम्पनीको हालचाल बुझेर आउछु भनी कम्पनी पुगेका थिए। कम्पनीमा चौकिदारको जागिर चट् भइसकेको रहेछ । आँखाभरि आसुँ पार्दै अध्यारो मुख लगाएर बा घर फर्केका थिए ।

यसरी आमाको उपचारका लागि पैसा त जम्मा भयो । फेरि समस्या मृगौलाको पर्यो । प्रत्यारोपणका लागि कसको मृगौला माग्ने ? फेरि बाले अर्को ठूलो निर्णय गरे । आफ्नो एउटा मृगौला आमालाई दिने बिचार गरे। आमाले त नदिनु । मरे पनि मनै मर्छु । यी केटाकेटीहरुको राम्रोसँग हेरबिचार गरिदिनु भनेकी थिइन् । एक पटक होइन पटकपटक अनुरोध गर्दै भनेकी थिइन् । बाले मानेनन् । बाले अस्पतालमा ७ लाख रुपैयाँ जम्मा गरे । आमा र बा दुबैको अप्रेसन भयो । बाको दाँया मृगौला निकालेर आमाको शरिरमा टान्सपलान्ट गरियो । आमा बा दुबै ३ हप्तासम्म अस्पताल बसे । म बालक आमाबाको कुरुवा बसें । भाइ धनमालको पनि रेखदेख र समाल्ने काम पनि मैले गरेँ । भाइ रोएर खुब सताउथ्यो । म तिन हप्तासम्म निकै हैरान भइसकेको थिएँ । ३ हप्ता पछि आमाबा अस्पतालबाट डिसचार्ज भए । सबै जनाको अनुहारमा थोरै भएपनि चमक आएको थियो । त्योदिन खुसी हुँदै आफ्नो डेरा गएका थियौं । आमालाई सन्चो भए जस्तो लागेको थियो । त्योसाझँ मैले पानीसानी राखिदिए पछि आमाले खाना पकाएर सबैलाई खुवाएकी थिइन् । साँझ आमा आनन्दसँग सुतेकी थिइन् । बिहानै हामी तिनै बाउछोरा उठ्यौँ । तर आमा उठिनन् । मैले आमा आमा भनेर डाकेँ । बाले धनपतिकी आमा धनपतिकी आमा भनेर डाके । तर आमा उठिनन् । बाले आमालाई छामे । आमाले हामी सबैलाई छोडेर यस संसरबाट बिदा लिइसकेकी रहिछन् । त्योदिन हाम्रा बाउछोराहरु खुब रोएका थियौं । त्यस पछिका दिनहरु दुस्खका दिनहरु बन्दै गए । बाको नोकरी छुट्यो । नेपालतिरको भएभरको जग्गाजमिन सबै सखाप भयो । भएको रुपैयाँ पैसा पनि सकियो । न त आमाको ज्याननै बचाउन सकियो । न त सम्पतिनै बाकी रहयो । सानो भाइ धनमाल आमाआमा भनेर रात दिन रोइरहन्थ्यो । बा र मलाई सताइरहन्थ्यो । साचिक्कै मर्नु न बाच्नु जिन्दगी भइसकेको थियो । २ महिना पछिफेरि जीवन गुजारा गर्न बा अर्को कम्पनीमा चौकीदारी गर्न थाले । चौकीदारी गरेरै दुई बर्षसम्म बाले हाम्रो पालनपोषण गरे । भाइ चार बर्षको भयो । म नौ बर्षको भएँ । नजकैको बाडरडिङ् स्कुलमा बाले मलाई कक्षा २ मा भर्ना गरिदिए । भाइलाई नर्सरीमा भर्ना गरे । म आफूसँगै भाइलाई पनि स्कुल लगेर जान्थें । बा साझँ ८ बजे नाइट ड्युटीमा जान्थे । बिहान ६ बजे घर फर्कन्थे । खाना पकाउँथे । आफू खान्थे । हामीलाई खुवाउँथे । हामीलाई स्कुल पठाउथे । बाको ड्युटीको दैनिकी यस्तै थियो ।

सधैझैँ त्योदिन पनि बा ड्युटीमा गएका थिए । सधैँ बिहान छ बजे डेरा पुग्थे । तर त्योबिहान छ बजे डेरा आएनन् । सात बजे पनि आएनन् । ८, ९, १०, ११ बज्यो । बा आएनन् । कुर्दा कुर्दा आँखा दुखे । ’दाइ भोक लाग्यो, दाइभाइ भोक लाग्यो’ भनेर मेरो भाइ रुन थाल्यो । तर पनि बा आएनन् । बा आएर खाना पकाउलान् भनेर कुर्दाकुर्दै भोकै बस्नुपर्ने स्थिति आयो । त्योदिन स्कुल पनि गएनौ । अध्याँरो मुखपारेर बाको बाटो कुर्दै डेरामा बसिरहेका थियौँ । बाहिर सानो पट्याङ्पुटिङ् हुदाँ पनि बा आए भनेर मन फुल्थ्यो । खुशी हुन्थ्यो मन । ’भाइ बा आए’ भन्दै बाहिर हेर्न जान्थे । बाहिर अरु कोही हुन्थे । बा हुन्थेनन् । निरास हुदै कोठा भित्र जान्थे । ’दाइ बाबा आए ?’ भाइ सोध्थ्यो । दिउंसोको बाह्र बज्यो । अझै बा आएनन् । आउदै छन् भनेर दिउँसभरि भुल्याइरहेँ । दिउँसोको १ बजेतिर कसैले डेराको ढोका खटखटाएको आवाज आयो । बा आए भनेर दुबै भाई खुसीले गद् गद् भयौं । मैले प्रफुलित हुदै ढोका खोलेको थिएँ । तर पनि बा आएका रहेनछन् । त्यो नचिनेको बिरानो मान्छे थियो । बा उसलाई बिहारी हो भन्थे । सगैँ चौकीदारी गर्छ भन्थे । ऊ कहिलकहीँ हाम्रो डेरामा आउथ्यो । ऊ केही बोलेन । पटक्क मेरो हात समात्यो । म डराएँ । किन यसरी मेरो हात समात्यो होला ? तर केही बोलिनँ । उसले बाहिर लग्यो । नबोलेरै सरासर उसैसँग बाहिर गएँ। मेरो पछिपछि रुदैं मेरो भाइपनि सँगै बाहिर आएको थियो । ’यो तेरो बुवाको लास । बाटोमा आउँदा गाडीमा ठक्कर लागेर मर्यो । घर मालिकले गेटभित्र लान दिएन । गेट बाहिरै राखिदिएँ । म गएँ ।’ ऊ हिड्यो । मेरो भाइ पनि रुन थाल्यो । मेरा बाको लास जीउभरि रगतले पोतिएको थियो । कपडा च्यातिएर लास ठाउँठाउँ नाङ्गिएको थियो । गुप्त अङ्ग समेत नाङ्गिएको थियो । मेरो होस हवास उड्यो । म बेहोस भएर त्यही ढलेछु । पत्तै पाइनँ । मेरो भाइ रुन सम्म रोएछ । केही सीप नलागेपछि बाको रगताम्य लासमाथि टाउको राखेर सुतेको रहेछ । ३ घन्टा पछि मेरो होस् खुल्यो । हामी दुबै भाइका लुगा कपडाहरु रगतले पोतिसकेका थिए । आफ्नो शरीरमा कट्टु मात्र बाकी राखेर सबै रगताम्य कपडाहरु शरीरबाट उतारेँ । बाको लासलाई ओढाएँ । भाइलाई ब्युझाएँ । भाइका रगताम्य कपडा पनि उतारेँ । ती पनि बाको लासलाई ओढाएँ । डेराभित्र फर्केर हेर्न समेत मनले मानेन । बाहिरै रहेको सानोडिक्ची समाते । त्यसैलाई माग्ने भाडो बनाएँ । साँझको पाँच बजिसकेको थियो । सडको पेटीपेटी हिडेँ । जा जा सकिन्थ्यो हिडेँ । भाइलाई पिठ्युमा बोक्दै रुदै कराउदै डेढ घन्टा डिडेपछि साह्रै थाइ लाग्यो । भाइलाई समातेर रुदै चिच्याउदै रुखमा अडेस लाएर बसेको थिएँ । घाम डाँडोमा डुब्न थालिसकेको थियो । बाटोमा मान्छेहरुको ओहरदोहर हुदै थियो । साह्रै भोक लागेको अनुभूति गरिरहेको थिएँ । तर खाने के ? जाने कहाँ ? अत्तोपत्तो थिएन । यसरी जीवन गुजाराका लागि रुदै कराउदै भिख मागिरहेको छु । मेरो भाइ ’भोक लाग्यो दाइ, के खाऊ ?’ भनेर रोइरहेको छ । अब म के गरौ ? मेरो जिन्दगीको बेहाल भएको छ । आहाराको खोजीमा सडक पेटीमा बसी आसुँहरु खसालिरहेको छु ।

यसरी एउटै दिन, एउटै समय, एउटै पल, एउटै घडी कसैका लागि रजाँइ बनेर बहिदिन्छ । कसैका लागि सजाय बनेर बुनेका सम्पूर्ण सपनाहरु चकनाचुर पारिदिन्छ । क्षणभरमै जिन्दगीनै मरुभूमि पारिदिन्छ । मनभरि बनाइका सपनारुपि बालुवा उडाएर टाढाँ टाँढा लगिदिन्छ । कहाँ लग्छ । लग्छ । अत्तो पत्तो नहुने ठाँहरुमा बिलिन गराइ दिन्छ । समय फलिफाप भइकाहरु आलिसान महलका मालिक बन्छन् । महलको पदर्दा्भित्र जिन्दगीरुपि मदिराको रसदपान गर्नमै जीवन बिताइरहेका हुन्छन् । बिडम्पना म जस्तै धनपति नामका मजुर, किसान, गरिबका छोराछोरीहरु अभाबको जीन्दगी बिताइरहेका छन् । आहाराको खोजीमा आँसुका थोपाहरु खसाल्दै गल्ली गल्लीमा खाते बनेका छन् । असहाय बनेका छन् । टुहुरा बनेका छन् । अनि बेसहारा पनि बनेर मेरा पाइलाहरु हरेक दिन सडकको दुरी नापि रहेका छन् । महलका पर्दा भित्रबाट हेर्दा हरियाली देखिने यो संसार महल पर्दा बाहिर आएर हेर्दा साचिक्कै फरक देखिदैन होला र ?……..

(फोटो साभारः प्रेम रोदनको फेसबुक स्टाटसबाट)

लेखकः (शिक्षण पेशामा आबद्ध हुनु हुन्छ । ) 

Share This Article
Facebook Email Copy Link Print
Previous Article विराटनगरको विकास योजना, बालुवामा पानी बराबर
Next Article ग्रामीण महिलाद्धारा सडक मर्मत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

एमालेबाहेक अरु बामपन्थी होइनन्: अध्यक्ष ओली

57 years ago
काठमाडौँ - KTMसमाज

चिसो नबढेकोमा चिन्ता ! किन परिरहेको छैन हिउँ र पानी?

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

अपचलन भएको २६ करोड फिर्ता गरिने

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

9 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?