१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

तीन महिनाअघि कुवेत गएका काभ्रेका कृष्ण तामाङको कुवेतमा मृत्यु

४ पुष २०८०, बुधबार १०:३३

पुष ४, काठमाडौँ | वैदेशिक रोजगारीका लागि कुवेत गएका काभ्रेको पनौती नगरपालिका- २, गुर्दुमका कृष्ण तामाङको मृत्यु भएको छ। तीन महिनाअघि कुवेत गएका तामाङको यही पुस १ गते राति सुतेकै अवस्थामा मृत्यु भएको हो। 

राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट बिहान मृत अवस्थामा भेटिएका थिए।


आर्थिक अवस्था निकै कमजोर भएका तामाङको शव नेपाल ल्याउन समस्या परेको छ। मृतक तामाङको परिवारले खर्च गरेर शव ल्याउन सक्ने स्थिति नभएकोले सहयोगका लागि सबैसँग अनुरोध गरिएको पनौती नगरपालिका- २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए।

‘कृष्ण तामाङको परिवारको आर्थिक अवस्था नाजुक छ। खर्च गरेर शव ल्याउन सक्ने अवस्था छैन। त्यसैले शव ल्याउनका लागि पहल गरिदिन विभिन्न निकायलाई अनुरोध गरेका छौं,’ वडाध्यक्ष अधिकारीले भने।

शव ल्याउन तथा उनले पाउनु पर्ने इन्स्युरेन्स लगायतका सुविधा दिलाउने पहलका लागि वैदेशिक रोजगार उद्धार संघलाई समेत अनुरोध गरिएको उनले जानकारी दिए।

डीएचआर नेपाल नामक म्यानपावर कम्पनीबाट कुवेत गएका तामाङले फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्ने गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार