२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

रिस्क नलिएसम्म प्रगति हुँदैन भन्दै रुसी सेनामा भर्ती भएकाे दुई महिनामै मारिए २३ वर्षीय हरि

२०८०, १९ पुष बिहीबार ०७:०१

पुस १८, काठमाडौँ | रुस–युक्रेन युद्धमा स्याङ्जाका २३ वर्षीय हरिप्रसाद अर्यालको मृत्यु भएको छ।  परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अर्यालको मृत्युबारे मंगलबार (पुष १७) गते मात्र वालिङ नगरपालिका १४ का अध्यक्ष बोधराज कुँवर (राजु)लाई आधिकारिक जानकारी गराएको थियो। 

नेपाली सेनामा भर्ती भएका झण्डै ३ वर्षपछि राजीनामा दिएर उनी दुबई गएको पारिवारिक स्रोतले जनाएको छ। दुबईबाटै कात्तिक ३ मा उनी रुस पुगे लगत्तै पाँचौं दिनमा रुसी सेनामा भर्ती भए।

रुसी सेनामा भर्ती भएका अर्यालले डिसेम्बर ४ मा आफ्नो सामाजिक सञ्जालमा ‘यस्तै छ जिन्दगी बाँचे भेट, मरे त त्यत्तिकै’ लेखेर भिडियो पोस्ट गरेका थिए । उनकाे भिडियोबाट युद्धमा जान लागेको अनुमान लगाउन सकिन्थ्यो ।


त्यसपछि उनीसँग परिवारको सम्पर्क भएन । ‘डिसेम्बर ४ मा युद्धमा जान लागेको भिडियो आएको थियो । त्यति बेलासम्म हाम्रो कुराकानी पनि हुन्थ्यो । त्यसपछि कुरा भएको थिएन,’ अर्यालका आफन्त बन्द्री अर्यालले भने ।

युद्धमा जान लागेको भिडिओ राखेर सम्पर्कविहीन भएपछि परिवारका सदस्यहरू आत्तिए । धेरैले हरिप्रसादको युद्धमा मृत्यु भएको अनुमान गरेका थिए ।

तन्नेरी उमेरमा नेपाली सेनामा भर्ती भएका हरिप्रसादले ३ वर्ष नपुग्दै सेनाको जागिर छोडेका थिए ।

बन्द्रीले भने, ‘सानै उमेरमा जागिर खायो । साथीहरू अमेरिका अष्ट्रेलिया गए । सेनाको कमाइले केही हुँदैन भनेर ३ वर्ष नपुग्दै जागिर छाड्यो ।’

बहराइन पुलिसमा जानलाई सेनाको जागिर छाडेका उनी भिसा नलागेपछि रन्थनिएका थिए । त्यसपछि उनले साउथ अफ्रिकादेखि कम्बोमा सुरक्षा गार्डमा जाने प्रयास गरेका थिए ।

धेरै ठाउँ धाइसकेका हरिप्रसादलाई रुस जाने अफर आयो । अरू ठाउँभन्दा छिटो हुने भनेपछि उनले रुस जाने तयारी गरे । गत कात्तिक ३ गते उनी एजेन्टमार्फत भिजिट भिसामा दुबई हुँदै रुस गएका थिए ।

‘एजेन्टमार्फत दुबई हुँदै रुस गएको हो । ठ्याक्कै कति लाग्यो त भनेन । तर, ७ लाख यहाँ बुझाएको र रुस गएपछि सेनाको क्याम्पभित्र छिर्न १५ सय डलर बुझाएको भनेको थियो,’ अर्यालले भने ।

अर्यालका अनुसार हरिप्रसाद गएको ५ दिनमै रुसी सेनामा भर्ती भएका थिए । लगत्तै उनले आर्मीको पोसाक लगाएको तस्बिर सेयर गरेका थिए ।

‘मेडिकलमा फिट भए भर्ती गरिहाल्ने रैछ । अझ सेनाको जागिर छोडेको उसलाई भर्ती हुन सजिलो पनि भयो । हप्ता १० दिन तालिम भयो । त्यसपछि युद्धमा खटाएको थियो,’ उनले भने, ‘हामीले यति बेला खतरा छ, नजाऊ भन्दाभन्दै गयो । उ रिस्क नलिएसम्म प्रगति हुँदैन भन्थ्यो ।’

यसअघि स्याङ्जा पुतली बजार नगरपालिका-५ का प्रितम कार्कीको पनि रुस-युक्रेनको युद्धमा मृत्यु भएको थियो । कार्कीले १६ वर्षे सेवापछि नेपाली सेनाबाट अवकाश लिएर रुसको बाटो रोजेका थिए । उनकाे असामयिक मृत्युकाे खबरले गाउँ नै शाेकाकुल बनेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल