१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

लण्डनमा एक नेपाली युवा मृत फेला

१२ माघ २०८०, शुक्रबार १०:५०

माघ १२, काठमाडौं | लण्डनमा एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा फेला परेको हो। मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको जनाइएको छ।

बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत तामाङको शव भेटिएको जानकारी गराएको र उनको पहिचानका लागि सघाउन आग्रह गरेको जानकारी दिएको नेपाली दूतावासले जनाएको छ।

२५ वर्षका सन्दीप तामाङको जनवरी २० मा शव फेला परेको भन्नेबाहेक अरु जानकारी प्राप्त नभएको दुतवासले जनाएको हो।

आफूहरुले नाम र उमेर बाहेक अरु कुनै जानकारी नपाएको र प्रहरीसँग पासपोर्ट भए उपलब्ध गराउन भनेको दूतावासले जनाएको छ। उनको मृत्‍युको कारणबारे पनि केही खुलेको छैन। तर लन्डन हेज प्रहरीले खबर गरेका कारण सोही क्षेत्र आसपासमा शव भेटिएको अनुमान गरिएको छ।

मृतक सन्दीप तामाङलाई चिन्ने वा उनीसम्बन्धि कुनै जानकारी हुनेहरुलाई लन्डन हेज् प्रहरी वा लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

मृतकको विषयमाअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसै बिच गैरआवासीय नेपाली संघ एनआरएनए यूके (गाहा) अध्यक्ष प्रेम गाहा मगरले पनि मृतकको आफन्तलाई सम्पर्कमा आउन आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक