१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

दुबईमा फेब्रुअरी १५ मा रोजगार मेला हुने, नेपाली कामदारले प्रत्यक्ष लाभ पाउने

१९ माघ २०८०, शुक्रबार ०८:३२

माघ १९, काठमाडौँ | दुबईको अबुधाबीमा यहि फेब्रुअरी १५ मा रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला गर्न लागेको हो ।

उक्त मेलामा मन्त्रालय र बोर्डका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायीहरु, पर्यवेक्षक एवं आमन्त्रित व्यक्तिहरु, रोजगारदाताहरु समेत गरी करिब २५० जना सहभागी रहनेछन् । मेलामा ५० वटा स्टल रहनेछ । जसमा वैदेशिक रोजगार बोर्डको समेत एउटा स्टल रहनेछ ।


रोजगार मेलाका फाइदा

  • यूएई सरकारको भावी रणनीति र प्राथमिकताका क्षेत्रबारे जानकारी हुने ।
  • यूएईमा रहेका नेपाली व्यवसायी र लगानीकर्ताहरुमार्फत तालिम प्रदायक संस्थामा लगानी भई नेपालको श्रम बजारमा प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्न सहजीकरण हुने ।
  • दुबै सरकारबीच मानव स्रोत आपूर्ति सम्बन्धमा संलग्न निकायबीच अनुभव आदानप्रदान गरिने ।
  • यूएई सरकारलाई कुन कुन क्षेत्रमा कति संख्यामा कस्तो सीप, क्षमता र अनुभव भएका श्रमिक आवश्यक छ भन्ने प्राथमिक रुपमा जानकारी प्राप्त हुने हुँदा आगामी दिनमा तदनुरुपको जनशक्ति उत्पादन गर्न नेपाल सरकारलाई पृष्ठपोषण प्राप्त हुने ।
  • सीपयुक्त र क्षमतावान श्रमिक आपूर्ति गर्न सकेमा श्रमिकको मनोबल उच्च रहने, मानसिक तनाव कम हुने । नेपालको अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पर्ने ।
  • नेपाली कला, संस्कृति र घरेलु उत्पादनको बारेमा यूएईका नागरिकलाई जानकारी प्राप्त भई पर्यटन प्रवर्द्धनमा समेत थप टेवा पुग्ने ।
  • मेलाबाट नेपाली नयाँ जब स्कील भएकाहरुले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक