2026-09-08 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा ४ महिनादेखि १३ जना नेपाली अलपत्र

माघ २४, काठमाडौँ | वैदेशिक रोजगारीको क्रममा साउदीको जुवेलमा पुगेका १३ जना नेपाली ४ महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरिएको सम्झौताअनुसार ११००+२५० साउदी रियलमा उनीहरू साउदीको दमाम एक्सिस कम्पनीमा कार्पेटर, वेल्डर, मेसनको रूपमा काम गर्न पुगेका थिए। काठमाडौंमा रहेको अमिती हियुमन रिसोस म्यानपावरबाट गत ५ अक्टोबर २०२३ मा साउदी पुगेका उनीहरू अलपत्र परेका हुन्।

सम्बन्धित कम्पनीले सुरुको महिनाका लागि २५० रियल र खान-बस्न दिए पनि तीन महिना पुग्दासमेत तलब नदिएको पीडितहरूको गुनासो छ। ‘आएको ३ महिनासम्म कम्पनीले काममा लगाउने तर तलब माग्दा विभिन्न बहान बनाउने काम गर्‍यो। सम्बन्धित लिडरलाई सूचना दिँदा सिधा कम्पनी नपरी सप्लायर्स कम्पनी रहेको थाहा भयो। त्यसलगत्तै मेनपावरलाई खबर गर्दा ‘राम्रो हुन्छ, काम हुन्छ’ भन्दै ४ महिना पुर्‍यो। हामी अवैधानिक रूपले बस्नुपरेको छ,’ एक पीडितले भने।

उनीहरूले उद्धारका लागि नेपाली जनप्रगतिशील मञ्च साउदीका कार्यबहाक अध्यक्ष रामचन्द्र वाग्लेलगायत सरोकारवालाहरूलाई अनुरोध गरेका छन्।

कम्पनीले २५० रियल र खानबस्न मात्रै दिने भनेपछि उनीहरू अलपत्र परेका हुन्। सम्झौताअनुसारको काम नदिए स्वदेश फिर्ता गराउन उनीहरूको माग छ। उक्त कम्पनीमा २२ जना आएर अलपत्र परे पनि बाँकी ९ जना त्यहाँबाट अन्यत्र भागेको पीडितहरूको भनाइ छ। 

साउदी आउदा उनीहरूले प्रतिव्यक्ति २ लाख देखि २ लाख ५० सम्म बुझाएका थिए। मेनपावरमा कार्यरत लोकबहादुर पुनलाई १ लाख ५० हजार रुपैयाँ देखि २ लाखसम्म र अन्यलाई ३० हजार रुपैयाँ बुझाएको पीडितहरूको भनाइ छ। म्यानपावरले कम्पनीको भिसा भन्दै आफूहरूलाई फसाएको उनीहरूको आरोप छ।

रोजगारीका लागि साउदी आउने कामदारको संख्या बढ्दो छ। तर, सम्बन्धित कम्पनीले सम्झौताअनुसार सेवासुविधा नदिँदा  र म्यानपावरले कम्पनीका बारेमा आधिकारिक कार्यशैलीको ढाँचा नबुझ्दा उनीहरू विभिन्न समस्यामा परिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल