२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

साउदीमा ४ महिनादेखि १३ जना नेपाली अलपत्र

२४ माघ २०८०, बुधबार ११:२०

माघ २४, काठमाडौँ | वैदेशिक रोजगारीको क्रममा साउदीको जुवेलमा पुगेका १३ जना नेपाली ४ महिनादेखि अलपत्र परेका छन्। नेपालमा गरिएको सम्झौताअनुसार ११००+२५० साउदी रियलमा उनीहरू साउदीको दमाम एक्सिस कम्पनीमा कार्पेटर, वेल्डर, मेसनको रूपमा काम गर्न पुगेका थिए। काठमाडौंमा रहेको अमिती हियुमन रिसोस म्यानपावरबाट गत ५ अक्टोबर २०२३ मा साउदी पुगेका उनीहरू अलपत्र परेका हुन्।

सम्बन्धित कम्पनीले सुरुको महिनाका लागि २५० रियल र खान-बस्न दिए पनि तीन महिना पुग्दासमेत तलब नदिएको पीडितहरूको गुनासो छ। 'आएको ३ महिनासम्म कम्पनीले काममा लगाउने तर तलब माग्दा विभिन्न बहान बनाउने काम गर्‍यो। सम्बन्धित लिडरलाई सूचना दिँदा सिधा कम्पनी नपरी सप्लायर्स कम्पनी रहेको थाहा भयो। त्यसलगत्तै मेनपावरलाई खबर गर्दा 'राम्रो हुन्छ, काम हुन्छ' भन्दै ४ महिना पुर्‍यो। हामी अवैधानिक रूपले बस्नुपरेको छ,' एक पीडितले भने।


उनीहरूले उद्धारका लागि नेपाली जनप्रगतिशील मञ्च साउदीका कार्यबहाक अध्यक्ष रामचन्द्र वाग्लेलगायत सरोकारवालाहरूलाई अनुरोध गरेका छन्।

कम्पनीले २५० रियल र खानबस्न मात्रै दिने भनेपछि उनीहरू अलपत्र परेका हुन्। सम्झौताअनुसारको काम नदिए स्वदेश फिर्ता गराउन उनीहरूको माग छ। उक्त कम्पनीमा २२ जना आएर अलपत्र परे पनि बाँकी ९ जना त्यहाँबाट अन्यत्र भागेको पीडितहरूको भनाइ छ। 

साउदी आउदा उनीहरूले प्रतिव्यक्ति २ लाख देखि २ लाख ५० सम्म बुझाएका थिए। मेनपावरमा कार्यरत लोकबहादुर पुनलाई १ लाख ५० हजार रुपैयाँ देखि २ लाखसम्म र अन्यलाई ३० हजार रुपैयाँ बुझाएको पीडितहरूको भनाइ छ। म्यानपावरले कम्पनीको भिसा भन्दै आफूहरूलाई फसाएको उनीहरूको आरोप छ।

रोजगारीका लागि साउदी आउने कामदारको संख्या बढ्दो छ। तर, सम्बन्धित कम्पनीले सम्झौताअनुसार सेवासुविधा नदिँदा  र म्यानपावरले कम्पनीका बारेमा आधिकारिक कार्यशैलीको ढाँचा नबुझ्दा उनीहरू विभिन्न समस्यामा परिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ