खकेन्द्र केसी/कात्तिक २, सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले हुलाक दिवशका अवसरमा आफ्ना ५ कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/कात्तिक २, सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले हुलाक दिवशका अवसरमा आफ्ना ५ कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको छ । 
"/>

2026-07-06 09:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा विश्व हुलाक दिवस मनाइयो, ५ कर्मचारी सम्मानित

2016-10-19


खकेन्द्र केसी/कात्तिक २, सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले हुलाक दिवशका अवसरमा आफ्ना ५ कर्मचारीलाई प्रशंसा पत्र र दोसल्लाले सम्मान गरेको छ । 

हुलाक सेवामा उत्कृष्ट काम गनेरवापत अतिरिक्त हुलाक कार्यालय लक्ष्मीपुरका प्रतिनिधि विष्णु प्रसाद शर्मा, छायाक्षेत्रका प्रतिनिधि पोष्करी विष्ट, शिवरथ लौरावाङ्ग डाँक लाइनका हुलाकी शशीराम पुन, जिल्ला हुलाक कार्यालयकी हल्कारा हिमसरा शर्मा र जिल्ला हुलाक कार्यालयका खरिदार रेशम प्रकाश शर्मालाई सम्मान गरेको हो । 

१४२ औं विश्व हुलाक दिवसका अवसरमा बुधबार सल्यानमा भएको कार्यक्रममा उनिहरुलाई सम्मान गरिनुका साथै दिवशपनि मनाइएको छ । दिवशका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायधिस माधवेन्द्रराज रेग्मीले हुलाक संचारको क्षेत्रमा व्यापक भएको भन्दै यसको महत्व नयाँ अवस्थामा नयाँ ढंगले विस्तार गर्नुपर्ने बताएका छन । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले समाचार, खबर र बस्तु पुराउन बनाएको भरपर्दो माध्याम हलाकको महत्व झनै बढेको र यसको कार्यको समिक्षा सहित क्षेत्र विस्तारमा लाग्नुपर्ने बेला भएको बताएका छन । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले हुलाक र हुलाकीलाई सम्मान गर्ने हिजोदेखिको परिपाटीका कारण हुलाकको क्षेत्रमा काम गर्नेले हिनता हैन गर्व गर्नुपर्ने बताएका छन । 

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलले राज्यले हुलाक सेवामा काम गर्नेलाई हेपेको भन्दै राज्यलाई सबै मिलेर झकझकाउने बेला भएको बताएका छन । कार्यक्रमलाई कर्मचारीको आधिकारी ट्रेड यूनियनका अध्यक्ष दिवाकर योगी, पत्रकार महासंघका कार्यवहाक सभापती सनत शर्मा र स्थानिय शान्ती समितिकी सचिव विष्णु शर्माले सम्बोधन गरेका थिए । 

कार्यक्रममा मंगलबार सम्पन्न भएको “वर्तमान सन्दर्भमा सूचना तथा संचारको महत्व” विषयक वक्तृत्वकलामा प्रथम हुने त्रिजउमावि लुहापिङ्गका छात्र सन्तोष केसी र बालशाखा मावि कजेरीकी विपना बुढाथोकीलाई नगद र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै पुरस्कार प्रायोजन गर्ने कुमारी बैंक सल्यान शाखालाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा हुलाक अधिकृत धिरेन्द्र भण्डारीले हुलाक दिवशको इतिहासका  बारेमा जानकारी दिएका थिए । हरेक अक्टोबर ९मा हुलाक दिवस परेपनि त्यो दिन महाअष्ठमीको विदाको दिन परेकाले यो दिवश केन्द्रिय कार्यक्रम अनुसार नै बुधबार मनाईको उनले बताएका छन ।

हुलाक अधिकृत धिरेन्द्र भण्डारीको अध्यक्षतमा भएको कार्यक्रमको संचालन पत्रकार डिल्लीराज रावतले गरेका थिए भने कार्यक्रममा सहभागिलाई एलिना बस्नेतले स्वागत गरेकी थिइन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने