१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हरेक दिन आफ्नो अन्तिम दिन सम्झेर काम गरिरहेको छु : श्रममन्त्री अर्याल

६ चैत्र २०८०, मंगलवार ११:१८

चैत ६, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले आफूले हरेक दिन आफ्नो अन्तिम दिन सम्झेर काम गर्दै आएको बताएका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले आफू हरेक दिन एक दिनको मन्त्री हो भन्ने सम्झेर काम गर्दै आएको बताएका हुन् । 

इमानदारी र प्यासनका साथ काम गरिरहेको भन्दै उनले श्रमिकको हक हितका लागि जस्तोसुकै कदम चाल्न पछि नहट्ने बताए । 


‘म हरेक दिन एकदिनको मन्त्री हो सम्झेर काम गरिरहेको हुन्छु । म मन्त्रालयमा कति समय हुन्छु भन्नेमा हुन्न । हरेक दिन आज मात्रै हो भनेर काम गर्छु,’ मन्त्री अर्यालले भने । 

उनले नियम, कानुन तथा ऐनका विरुद्ध हुने कामका लागि आफू हदैसम्म निर्मम हुने चेतावनी दिए । ‘गलत जो सुकैले गरोस् । म आफ्नो मान्छे, कसैको पहुँचको आधार तथा भनसुनको आधारमा म गलत भयो भने निकै निर्मम हुन्छु,’ मन्त्री अर्यालले भने । 

मन्त्रालयको नेतृत्व सम्हालेसम्म आफू हरेक दिन श्रमिक हक हितको लागि काम गर्ने गरेको उनले बताए । मन्त्रालयमा देखिएका समस्याबारे जानकार रहेको भन्दै उनले ती समस्या समाधानका लागि अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड