१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सँगै वियर खाएपछि दुई साथी मिलेर युवकको हत्या

८ चैत्र २०८०, बिहीबार ०५:४५

चैत ८, जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका २ मा वियर खाएको पैसा र मोवाइलको विषयमा साथीबाटै एक युवकको हत्या भएको छ ।

स्थानीय अन्दाजी १८ वर्षीय कैस नदिफलाई दुई साथी मिलेर हत्या गरेका हुन् । हत्याको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरिसकेको छ ।

चक्कु प्रहारबाट घाइते कैसको उपचारका लागि भारततर्फ लग्ने क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ‌। हत्या आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ गरी अनुसन्धान तथा कारबाही अगाडी बढाएको बताए ।

‘मुस्लिम समुदायको पर्व रोजा चल्दैछ’ डिएसपी अवाले भने, ‘रोजा सकेपछि तीनैजना वियर खान गएका थिए । फर्किने क्रममा वियर खाएको रुपैयाँ र मोबाइलको विषयमा विवाद भयो । त्यसपछि सहमत र जाकिसले कैसलाई चक्कु प्रहार गरे ।’

उनका अनुसार चक्कु प्रहारबाट घाइते कैस भागेर घर पुगेका थिए । आफन्तले उनलाई उपचारका लागि भारततर्फ लग्दै थियो । बाटैमै मृत्यु भएपछि राति नै घर फर्काएर ल्याएको थियो ।

कैसको मृत्यु भएपछि घर फर्काएर खबर गरेपछि प्रहरी घटनास्थल पुगेर आरोपी दुबै युवकलाई पक्राउ गरेको डिएसपी अवाले बताए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण