१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मलामी गएर फर्कने क्रममा ट्याक्टरले किचेर मृत्यु

८ चैत्र २०८०, बिहीबार ०७:०४

चैत ८, खोटाङ | मलामी गएर फर्कंदै गरेका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ५१ वर्षीय रणबहादुर पोखरेलको मृत्यु भएको छ । दूधकोशीबाट बालुवा लिएर ऐसेलुखर्कबजार जाँदै गरेको न ४ त ७८०६ नम्बरको ट्याक्टरमा चढेका पोखरेललाई ओर्लने क्रममा बुधबार साँझ त्यही ट्याक्टरले किचेको हो ।

घरनजिकै आएपछि ओर्लन खोज्दा ट्याक्टरले किचेको र प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा उपचारको क्रममा बुधबार सााझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

पोखरेलको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमै पोस्टमार्टमको तयारी भइरहेको कार्कीले सुनाए । ‘अहिले भर्खर कानुनी प्रक्रियाका लागि ऐसेलखुर्क आइरहेको छु ।’ कार्कीले भने–‘प्रक्रिया सकेर यहाँकै प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम हुन्छ ।’

सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–९ का चालक २० वर्षीय ओमराज तामाङ, रावाबेसी गाउापालिका–१ कुभिण्डेका २० वर्षीय प्रकाश विसङ्खे र ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका १६ वर्षीय पेशल राईलाई प्रहरीले नियन्त्रणमा लिएको कार्कीले जनाए । उनीहरूलाई अनुसन्धान गरी दोषीलाई कारबाही प्रक्रिया बढाइनेसमेत कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण