२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२१ वर्षमा शाखा अधिकृतको सम्पत्ति करिब सात करोड, अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

२०८०, ८ चैत्र बिहीबार ०७:४८

चैत ८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वीकाठमाडौं नयाँ शहरी विकास आयोजनामा पदीय मर्यादाविपरीत सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गराई गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

कार्कीविरुद्ध तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बिगो कायम गरी आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार कार्की सार्वजनिक सेवा गरेको अवधि (२०५८/०४/१६-२०७९/१२/३०)को आय-व्ययको विश्लेषण गर्दा कुल आम्दानी तीन करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ रहेकोमा कुल ६ करोड ९८ लाख ४६ हजार ६०३ खर्च तथा लगानी गरेको देखिएको छ ।
त्यसमध्ये तीन करोड २१ लाख ३२ हजार ९५६ रुपैंयाको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत/असुल उपर गर्ने प्रयोजनका लागि मात्र निजकी पत्नी देवका अधिकारीलाई समेत प्रतिवादी कायमगरी स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना