२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान, बिमा पनि सँगै

२०८०, १० चैत्र शनिबार ०५:५४

चैत १०, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिका १३ लह गाउँका सुरेन्द्र रोकाया उमेरले २७ वर्ष पुगे ।

४ बर्ष खाडि मुलुक बिदेशमा बिताए । भेडावाख्रा पालन पुख्याैली पेशा भएकाले पढ्ने उमेरमै गोठालो बन्नु पर्दा लेखपढ छुट्यो । बिदेशमा बगाएको पसिनाले उनकाे जीवनमा खुसि त भेटाए तर सुख मिलेन । तर अहिले फर्केर यीनै भेँडाबाख्रा जीवनको साहरा बनाएका छन् । भेँडाबाख्रासँग पौंठे जोरी गर्दे खुशी भेट्ने बिचारमा रहेकाे उनले जनाए । 

कर्णालीका मुगु सहित अन्य हिमाली जिल्लामा आम्दानी थुप्रै सम्भावना श्रोत छन् । यहाँको प्रमुख व्यवसायिक कृषि र अन्य आम्दानीको प्रमूख सम्भावना भएका क्षेत्र हुन् । बहुमुल्य जडिबुटि लगायतका थुप्रै आर्थिक सम्भावना बोकेकोे मुगुमा पछिल्लो समय भेँडाबाख्रा पालन पनि आम्दानीको गतिलो स्रोत बनेको छ ।  

३० वर्षकै उमेरदेखि भेँडा पालनमा लागेका श्रीबहादुर बढुवाल अहिले ६२ वर्षको हुनुभयो । उनीसँग ४० वटा भन्दा बढी भेँडाबाख्रा छन् । शरीर बुढो हुँदै, स्वास्थ्य सँग लड्दै गएपनि भेँडासँग लुरीबुरी गर्दै गाउँबेँसी गर्ने रहर ताजै छ । 

मुगुका झन्डै पाँच हजार किसानको मूख्य आम्दानीको स्रोत नै भेँडा बाख्रापालन हो । उपयुक्त हावापानी र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि भेँडापालनमा लाग्ने किसानको सङ्ख्या बढिरहेको छ । यहाँको रैथाने बालि कोदो, जौ, गहुँलगायतका अन्नबालिबाट आम्दानी हुने संकेत नदेखे पछि भेडावाख्रा पालनमा होमिएर आम्दानिको श्रोत बुन्ने सोरु गाउपालिका वडा नं ११ धैनकोटका धलपुरा मष्टा बाख्रापालन समितिका अध्यक्ष दलजित सार्कीले बताए ।  

भेडा–बाख्राको ऊनबाट राडिपाखी, काम्लो, फेरे लगाएतका सामग्रीहरु बन्छन् । तर भेँडा पालन सोँचे जस्तो व्यवस्थित र व्यावसायिक बन्न सकेको छैन । स्थानीय सरकारले पनि भेँडापालक किसानलाई महत्व नदिएको किसान मंसिरा सार्कीले बताईन । 

पछिल्लो समय मुगुका किसानहरु रैथाने बालि उत्पादन गर्न छोडेपछि कतिपय किसानहरु भेडाबाख्रा पालन तिर लागेका छन् । लक्षित बर्ग बिशेष कार्यक्रम अन्तर्गत न्युन बर्गका किसानहरु लाई आर्थिक उपार्जनमा टेवा पुग्ने हेतुले मुगुका किसानहरु लाई छनौट गरेर भेडाबाख्रा बितरण गरिएको पशु अस्पताल तथा पुश सेवा कार्यालय मुगुका प्रमुख भिमचन्द्र बुढाले बताए ।

उनका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु को आ.व.२०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रा पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत प्रजनन् योग्य बाख्रा ४६ वटा र १ वटा प्रजन्न योग्य बोका सोरु गाउपालिका वडा नं ६ जिमामा ४७ वटा बाख्रा , त्यस्तै पुरुमुरु गाउँमा ६५ र धैनकोट गाउमा बिशेष गरेर दलित समुदायका ५२ जना किसानलाई एक सय वटा बाख्रा , लह गाउमा ९८ र बालचौर गाउँमा ७९ वटा बाख्रा बितरण गरिएको प्रमुख बुढाले बताए । साथै बितरण सँगसँगै सगरमाथा लुम्बिनी ईन्स्योरेन्स क.लि. शाखा कार्यालय मुगु बाट बिमा पनि गरिदिएको अवगत गराए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना