२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँसहित छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, ७ जनाको मृत्यु

२०८०, १३ चैत्र मंगलवार ०८:१८

चैत १३, काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । महोत्तरी, लोहारपट्टी नगरपालिका-७ भम्ररापुरस्थित सडकमा  ज.११ प ५७९ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री लोहारपट्टी नगरपालिका-७ भम्ररापुर बस्ने ४५ वर्षीया निर्मला देवी साहको सोमबार बेलुकी मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यता धनुषाको मिथिला नगरपालिका-२ विश्वकर्मा चोकस्थित सडकमा प्र.२-०२-००१ च ०७१२ नम्बरको एम्बुलेन्सले ज.११ प १९९ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ हरिहरपुर बस्ने २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि न्यूरो अस्पताल जनकपुरमा पठाइएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

धनुषाकै लक्ष्मिनिया गाउँपालिका-६ स्थित सडकमा प्र.२-०२-००४ प ६९४७ नम्बरको मोटरसाइकललाई डीएल १२ सी ०९४४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी लोहरपट्टी नगरपालिका-४ बस्ने २५ वर्षीय रामबाबु साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेन्ट्रल अस्पताल लक्ष्मिनियामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ ढलानस्थित सडकमा ना.७ ख ९१८७ नम्बरको मिनी ट्रक र लु.१ ख ८२६६ नम्बरको चक्के ट्रक एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मिनी ट्रक चालक धादिङ गल्छी गाउँपालिका-१ बस्ने ३४ वर्षीय ज्ञान कुमार राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम समाज अस्पताल सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो । चक्के ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ स्थित सडकमा सिमराबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०२-०२७ प ७५०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक नुवाकोट घर भएका ३२ वर्षीय लक्ष्मण तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल वीरगंज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । 

दैलेखको आठबिस नगरपालिका-२ साईखोलास्थित सडकमा भे.२ त ४८६ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा  चालक अछाम तुर्माखाद गाउँपालिका-६ टुल्टा बस्ने २५ वर्षीय हिमाल माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस्तै सर्लाहीको हरिवन नगरपालिका-९ स्थित सडकमा रोकी राखेको ग.१ ख ८६०९ नम्बरको बसमा बा.३८प ४२८५ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि वीरगंजतर्फ पठाइएको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना