२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

यामाहाको स्पेयर पार्ट शोरुममा आगलागी, ६ करोड बढीको क्षती

२०८०, १३ चैत्र मंगलवार १०:१९

चैत १३, रौतहट | रौतहट जिल्लाको मध्य भागमा रहेको गरुडास्थित यामाहा कम्पनीको स्पेयर पार्ट शो रुम कुशवाहा ईन्टरप्राईजेजमा गएराती भएको आगलागी बाट ६ करोडको क्षती भएको छ ।

गरुडा स्थित चिनीमिल गेट अगाडि रहेको कुशवाहा ईन्टरप्राईजेजमा राती करिब १२ बजे आगलागी भएको थियो। सोमवार रौतहटमा होली पर्व मनाईएकाले बिहानै देखि उक्त पसल बन्द गरेर सञ्चालक दिलीप कुशवाहा होली मनाउन घर गएका थिए। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालका अनुसार पसल रहेको तीनतले घरबाट आगोको मुस्लो हेरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए।


बिभिन्न ठाउँ बाट आएको दमकल, स्थानिय र नेपाल प्रहरी सशस्त्र प्रहरीको सक्रियतामा आज बिहान पौने तीनबजे आगलागी नियन्त्रणमा लिएको डिएसपी खनालले जानकारी दिएका छन। पीडित सञ्चालक सञ्चालक दिलीप कुशवाहाका अनुसार सोरुममा रिपेयर गरी राखेको डेढ दर्जन मोटरसाईकल, ठूलो परिमाणमा यामाहा कम्पनीको सपेयर पार्ट्स पूर्ण रुपमा जलेर नष्ट भएको छ।

आगलागी बाट घरको नुकसानी समेत गरी ६ करोड भन्दा बढीको क्षती भएको पीडित कुशवाहाले बताएका छन। सोही घरमा रहेको यामाहा मोटरसाईकलको शोरुम केहीदिन अघि मात्र अन्यत्र सारिएको थियो। डिएसपी खनालले जिल्लामै सब भन्दा ठूलो स्पेयर पार्टको शोरुम उक्त पसलनै रहेको थियो।

आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ। घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना