चैत १५, जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् ।

वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १५, जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् ।

वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीम"/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घाँस काट्ने विषयमा विवादपछि श्रीमानद्वारा हसिया प्रहार गरी श्रीमतीको हत्या

१५ चैत्र २०८०, बिहीबार ०६:०६

चैत १५, जनकपुरधाम । बारीमा घाँस काट्ने विषयमा विवाद हुँदा रौतहटमा एक पुरुषले हसिया प्रहार गरी श्रीमतीकै हत्या गरेका छन् ।

वृन्दावन नगरपालिका १ का ४० वर्षीय तीर्थ वाइबाले बुधवार ३५ वर्षीया श्रीमती सोती माया वाइबाको हत्या गरेका हुन् । धारिलो हँसिया प्रहार गरी तीर्थले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओम प्रकाश खनालका अनुसार घाँस काट्ने क्रममा श्रीमान-श्रीमतीबीच विवाद भएको थियो । गालीगलोजपछि तीर्थले श्रीमतीको घाँटीमा हँसिया प्रहार गरेपछि घटनास्थलमै मृत्यु भएकाे थियाे ।

श्रीमतीको हत्यापछि तीर्थले पनि आत्महत्याको प्रयास गरेको डीएसपी खनालले जानकारी दिए । आफ्नै घाँटीमा पनि हँसियाले रेटेको अबस्थामा तीर्थलाई नियन्त्रणमा लिइ उपचार गराएको उनको भनाई छ ।

घटना भएको बेला तीर्थले मदिरा सेवन गरेका थिए । घटना विषयमा थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको डीएसपी खनालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण