१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मन्त्री सँगको फोटो देखाएर लाखौं ठग्ने गौरका सोनी पक्राउ

१७ चैत्र २०८०, शनिबार ०५:३५

चैत १७, रौतहट | देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दैआएका गौरका एकजना युवक पक्राउ परेका छन् |

त्रिवि शिक्षण अस्पताल काठमाडौं स्थित बिए नर्सिङमा नामाङकन गराउने नाउँमा लाखौँ रुपैयाँ ठगी गरेका रौतहटको सदरमुकाम गौरका पवन कुमार सोनी पक्राउ परेका हुन्। बहालवाला तथा पूर्वमन्त्रीहरु तथा अन्य भीआईपी सँग आफ्नो फोटो देखाएर भीआईपी कोटामा बिए नर्सिंगमा नामाङकन गराउने नाउँमा लाखौँ ठगेका स्थानिय दुर्गा भगवती गाउँपालिका ६ घर भएर गौर ५ बस्ने राम एकवाल साह सोनारका छोरा ३० बर्षीय पवन कुमार सोनी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

सोनीले शिक्षण अस्पतालको बिए नर्सिङमा नामाङकन गराउने भनेर डोटी जिल्ला शिखर नगरपालिका ११ का जोगबहादुर बोहराको छोरी बिमला बोहरा सँग आठ लाख १० हजार ३७५ रुपैया ठगेको उजुरीको आधारमा पक्राउ गरिएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।

सोनी लाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिलगढी डोटी पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण