१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अंशबन्डामा छोरीको स्वीकृति लिनुपर्ने बाध्यकारी कानून बनाऔं : सोबिता गौतम

१८ चैत्र २०८०, आईतवार ०७:३०

चैत १८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले अंशबन्डा गर्दा छोरीको स्वीकृति लिन बाध्यकारी बनाउने गरी आवश्यक कानूनी व्यवस्था गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भूमिसुधार मन्त्रालयले आफ्ना सम्बन्धित निकायमार्फत त्यो व्यवस्था गर्नका लागि सदनमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।


गौतमले भनिन्- महिलालाई दोस्रो दर्जाको परिवारको सदस्य नमान्ने हो भने पैतृक सम्पत्तिमा महिलालाई कानूनले दिएको हक अधिकार कार्यान्वयन गर्नु अपरिहार्य छ । यसलाई व्यवहारमा उतार्न, कानून बाध्यकारी हुनुपर्छ । त्यसैले भूमिसुधार मन्त्रालयले आफ्ना सम्बन्धित निकायमा अंशबन्डा गर्दा छोरीको स्वीकृति लिन बाध्यकारी बनाउने गरी आवश्यक कार्य गर्दै संविधान र कानुनी व्यवस्था कार्यान्वयन गरोस्, नेपाल सरकारको यसमा गम्भीर ध्यानाकर्षण गर्दछु ।

नेपालको संविधानको धारा १८ को उपधारा पाँचमा पैतृक सम्पत्तिमा लैंगिक भेदभाव विना सबै सन्तानको समान हक हुनेछ भनी पैतृक सम्पत्तिमाथि महिलाको अधिकार सुनिश्चित गरिएको स्मरण गराउँदै उनले संविधानको धारा ३८ को उपधारा एकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ भन्ने व्यवस्था गरिएको पनि बताइन ।

उनले भनिन्- यो संवैधानिक प्रावधानलाई टेकेर मुलुकी देवानी संहिता २०७४ को दफा २०५ मा छोरा र छोरीलाई समान अंशियार मानिएको छ भने दफा २०६ मा सबै अंशियार अंशको समान हकदार हुने विषय स्पष्ट गरिएको छ । यी संवैधानिक र कानूनी व्यवस्थाको बाबजुद पैतृक सम्पत्तिको स्वामित्वमा महिलाले अझै अन्याय सामना गरिरहेका छन् । यो कानुनी मुद्दा मात्र होइन, मौलिक अधिकार र समानताको मुद्दा पनि हो ।

आज पनि महिला दाइजोको नाममा प्रताडित हुनु परेको भन्दै यदि आफ्नी छोरीलाई कानूनबमोजिम पैतृक सम्पत्तिमा समान अधिकारबाट वञ्चित नगरिने हो भने यस्ता समस्या कम हुँदै जाने सांसद गौतमको भनाई छ ।

उनले थप्दै भनिन्- महिलाको विकास र समान नेतृत्व सुदृढीकरणका लागि समान शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिने व्यवस्था मिलाउँदै महिला सशक्तीकरण गर्नु राज्यको एउटा अहम् जिम्मेवारी हो । संविधान र कानूनको पालनामार्फत लैंगिक समानताको प्रत्याभूत गर्नु अर्को जिम्मेवारी हो । अवश्य पनि छोरी सक्षम भइन् भने परिवार, समाज र देश सक्षम हुँदै जान्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण