चैत २१, काठमाडौं | आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल 'ए' ले चौथो सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङ्ग गरिरहेको नेपाल 'ए' का लागि कमल सिंह ऐरीले चौथो विकेट लिएका छन्।
उनले आयरल्यान्ड वुल्भ्सका कप्तान निक रकलाई ३९ रनमा आउट गरेका छन्। यो समाचार तयार गर्दासम्म आयरल्यान्ड वुल्भ्सले ३२ ओभरमा ४ विकेट गुमाएर १३८ रन जोडेको छ।