२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गर्मीमा छाला कसरी जोगाउने ?

२०८०, २५ चैत्र आईतवार ०७:२३

चैत २५, काठमाडौँ | गर्मी बढेसँगै छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालालाई फुस्रो बनाउँछ । जसले गर्दा प्राकृतिक सुन्दरता मर्न सक्छ । अरु समयमाभन्दा पनि गर्मीमा छालाको विशेष स्याहार गर्नुपर्ने सौन्दर्यकर्मीहरु बताउँछन् । गर्मीमा छालाको स्याहार कसरी गर्न सकिन्छ भनेर एस.एम.एस कस्मेटिक एण्ड ब्युटी पार्लरकी सञ्चालक एवम् सौन्र्दयकर्मी सुलोचना तिमिल्सिनासँग गरेको कुराकानीको सारसंक्षेत प्रस्तुत गरिरएको छ ।  

गर्मीमा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।  छालाको धेरैलाई गर्मी मौसममा छालामा बढी चिल्लोपनाको समस्या हुन्छ । गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सकिएन भने चिल्लो छाला अझै चिल्लो र ड्राइ छाला झन् फुस्रो हुने समस्या हुन सक्छ ।  


गर्मीमा छालाको स्याहारमा प्रशस्त पानी पिउनु नै सबैभन्दा उपयोगी हुन्छ । यसका साथै सन प्रोटेक्सन क्रिम पनि गर्मीमा छाला स्याहारको प्रमुख औषधी हो ।  त्यसकारण हरेक दिन ४ पटक प्रयोग गर्नुपर्छ । किनभने त्यो क्रिमले ३ घण्टाभन्दा बढि काम गर्दैन । बजारमा विभिन्न प्रकारको सन प्रोटेक्सन क्रिम उपलब्ध हुन्छन् । तर गुणस्तरीय उत्पादन मात्र प्रयोग गर्नुपर्छ । क्रिम प्रयोग गर्नुभन्दा पहिले आफ्नो छालाको प्रकृति हरेर मात्र प्रयोग गर्नुपर्छ । कामकाजी महिलाहरुले भने विशेष ध्यान दिनुपर्छ । दिनभरी धुवाँ धुलोमा निस्किनु  पर्ने हुदाँ हरेक दिन सुत्नु अघि सफा पानीले मुख धोएर नाइट क्रिम र बडी लोसन लगाउनुपर्छ ।

छालाको स्याहार गर्दा गुण, अवस्था र प्रकार अनुसार गर्नुपर्ने हुन्छ । मानव शरिरको विशेष गरेर ओइली, ड्राई र नर्मल गरेर तीन प्रकारका छाला हुन्छन् । मौसम अनुसार छालाको गुण हेरेर स्याहार गर्नुपर्छ ।  

ड्राइ छालाको हेरचाह

गर्मीमा शरीरमा पानीको कमी हुन सक्छ । यसले गर्दा विभिन्न समस्या देखिन सक्छ । जसको लागि भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु फलदायी हुन्छ  । हाम्रै भान्सामा भएका सामाग्रीको प्रयोग गरेर छालाको स्याहार गर्न सकिन्छ ।  ड्राइ छाला भएकाले कागती, टमाटर र घ्युकुमारीको पेस्ट बनाएर लगाएमा अनुहारमा चमक आउँछ । गर्मीमा ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु आवश्यक हुन्छ । अन्डाको सेतो भाग, कागतीको झोल, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर आवश्यक पेस्ट बनाएर लगाउनु राम्रो मानिन्छ । तर प्रशस्त पानी पिउनु नै छालाको स्याहारको प्रमुख औषधी हो ।  

चिल्लो छालाको हेरचाह

गर्मीमा चिल्लो छाला भएकाहरुले विशेष हेरचाह गर्नुपर्ने हुन्छ । चिल्लो छाला भएकाहरूलाई गर्मीमा पिम्पलको समस्या देखिन सक्छ । चिल्लोपन हटाउनको लागि छालाको लागि मोइस्चराइजर नै औषधी हो । यसका साथै घरमै भएका सामाग्री जस्तै कागती, टमाटर, एलोबेरा, दहीको पेस्ट बनाएर लगाउन पनि सकिन्छ । त्यस्तै कागती र दही मिक्स प्याक बनाएर हप्तामा एक पटक अनुहारमा लगाउन सकिन्छ । जसले अनुहारको प्राकृतिक चिल्लोपना कम गर्छ ।  

नर्मल छालाको हेरचाह

नर्मल छाला हुनेहरुले विशेष गरेर अनुहारको चमकमा विशेष ध्यान दिनुपर्छ । समय समयमा मोस्चराइजर प्रयोग गर्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । साबुन पानीले मुख धुनु राम्रो मानिदैन । यसले छालालाई फुस्रो बनाउँछ । तर दैनिक दुई पटक सफा पानीले भने मुख धुनुपर्छ । तातोपानीको बाफ लिनु राम्रो मानिन्छ । यसले छालाभित्र रहेका फोहोरलाई बाहिर निकाल्छ । स्वच्छ हावा भित्र पु¥याउने काम गर्छ । गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खानु, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउनु नै राम्रो हुन्छ ।  

कहीँ कतै बाहिर निस्कनु अघि मात्र अनुहारमा क्रिम लगाउने र शृंगार गर्ने हाम्रो अभ्यास छ । धुवाँ धुलोबाट बच्न लोसन, मोस्चराइजर लगाउने गर्छौं । घरमा र अफिसमा बस्दा हामीले अनुहार र छालाको स्याहार गर्दैनौँ । तर, घर र अफिसमा हुँदा पनि हामीले छालाको विशेष स्याहार गर्नुपर्छ ।  भान्सामा खाना पकाइरहँदा भान्साको तापक्रम बढी हुन्छ । हाम्रो छाला कोमल हुने भएकाले त्यसको तापक्रम र खारले हाम्रो छालालाई असर गर्छ ।

हाम्रो ध्यान जान नसकेको अर्को कुरा, घरमा अथवा अफिसको काममा हामी लामो समय सम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ । त्यसकारण यी उपकरण प्रयोग गर्नु १५ मिनेट अगाडि नै हामीले शरीरमा बडी लोसन र सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना