१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गर्मीमा छाला कसरी जोगाउने ?

२५ चैत्र २०८०, आईतवार ०७:२३

चैत २५, काठमाडौँ | गर्मी बढेसँगै छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालालाई फुस्रो बनाउँछ । जसले गर्दा प्राकृतिक सुन्दरता मर्न सक्छ । अरु समयमाभन्दा पनि गर्मीमा छालाको विशेष स्याहार गर्नुपर्ने सौन्दर्यकर्मीहरु बताउँछन् । गर्मीमा छालाको स्याहार कसरी गर्न सकिन्छ भनेर एस.एम.एस कस्मेटिक एण्ड ब्युटी पार्लरकी सञ्चालक एवम् सौन्र्दयकर्मी सुलोचना तिमिल्सिनासँग गरेको कुराकानीको सारसंक्षेत प्रस्तुत गरिरएको छ ।  

गर्मीमा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।  छालाको धेरैलाई गर्मी मौसममा छालामा बढी चिल्लोपनाको समस्या हुन्छ । गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सकिएन भने चिल्लो छाला अझै चिल्लो र ड्राइ छाला झन् फुस्रो हुने समस्या हुन सक्छ ।  


गर्मीमा छालाको स्याहारमा प्रशस्त पानी पिउनु नै सबैभन्दा उपयोगी हुन्छ । यसका साथै सन प्रोटेक्सन क्रिम पनि गर्मीमा छाला स्याहारको प्रमुख औषधी हो ।  त्यसकारण हरेक दिन ४ पटक प्रयोग गर्नुपर्छ । किनभने त्यो क्रिमले ३ घण्टाभन्दा बढि काम गर्दैन । बजारमा विभिन्न प्रकारको सन प्रोटेक्सन क्रिम उपलब्ध हुन्छन् । तर गुणस्तरीय उत्पादन मात्र प्रयोग गर्नुपर्छ । क्रिम प्रयोग गर्नुभन्दा पहिले आफ्नो छालाको प्रकृति हरेर मात्र प्रयोग गर्नुपर्छ । कामकाजी महिलाहरुले भने विशेष ध्यान दिनुपर्छ । दिनभरी धुवाँ धुलोमा निस्किनु  पर्ने हुदाँ हरेक दिन सुत्नु अघि सफा पानीले मुख धोएर नाइट क्रिम र बडी लोसन लगाउनुपर्छ ।

छालाको स्याहार गर्दा गुण, अवस्था र प्रकार अनुसार गर्नुपर्ने हुन्छ । मानव शरिरको विशेष गरेर ओइली, ड्राई र नर्मल गरेर तीन प्रकारका छाला हुन्छन् । मौसम अनुसार छालाको गुण हेरेर स्याहार गर्नुपर्छ ।  

ड्राइ छालाको हेरचाह

गर्मीमा शरीरमा पानीको कमी हुन सक्छ । यसले गर्दा विभिन्न समस्या देखिन सक्छ । जसको लागि भिटामिन डी भएका क्रिम र फेसवास प्रयोग गर्नु फलदायी हुन्छ  । हाम्रै भान्सामा भएका सामाग्रीको प्रयोग गरेर छालाको स्याहार गर्न सकिन्छ ।  ड्राइ छाला भएकाले कागती, टमाटर र घ्युकुमारीको पेस्ट बनाएर लगाएमा अनुहारमा चमक आउँछ । गर्मीमा ड्राइ स्किनलाई चिल्लो बनाइराख्नु आवश्यक हुन्छ । अन्डाको सेतो भाग, कागतीको झोल, चन्दन, दही, बेसनको पिठो र बेसारको प्रयोग गरेर आवश्यक पेस्ट बनाएर लगाउनु राम्रो मानिन्छ । तर प्रशस्त पानी पिउनु नै छालाको स्याहारको प्रमुख औषधी हो ।  

चिल्लो छालाको हेरचाह

गर्मीमा चिल्लो छाला भएकाहरुले विशेष हेरचाह गर्नुपर्ने हुन्छ । चिल्लो छाला भएकाहरूलाई गर्मीमा पिम्पलको समस्या देखिन सक्छ । चिल्लोपन हटाउनको लागि छालाको लागि मोइस्चराइजर नै औषधी हो । यसका साथै घरमै भएका सामाग्री जस्तै कागती, टमाटर, एलोबेरा, दहीको पेस्ट बनाएर लगाउन पनि सकिन्छ । त्यस्तै कागती र दही मिक्स प्याक बनाएर हप्तामा एक पटक अनुहारमा लगाउन सकिन्छ । जसले अनुहारको प्राकृतिक चिल्लोपना कम गर्छ ।  

नर्मल छालाको हेरचाह

नर्मल छाला हुनेहरुले विशेष गरेर अनुहारको चमकमा विशेष ध्यान दिनुपर्छ । समय समयमा मोस्चराइजर प्रयोग गर्नुपर्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ । साबुन पानीले मुख धुनु राम्रो मानिदैन । यसले छालालाई फुस्रो बनाउँछ । तर दैनिक दुई पटक सफा पानीले भने मुख धुनुपर्छ । तातोपानीको बाफ लिनु राम्रो मानिन्छ । यसले छालाभित्र रहेका फोहोरलाई बाहिर निकाल्छ । स्वच्छ हावा भित्र पु¥याउने काम गर्छ । गर्मीमा छालाको स्याहारका लागि पर्याप्त पानी पिउन, मौसम अनुसारको फलफूल खानु, दैनिक सनब्लक क्रिम प्रयोग गर्न, हप्तामा एक÷दुई पटक फेस प्याक लगाउनु नै राम्रो हुन्छ ।  

कहीँ कतै बाहिर निस्कनु अघि मात्र अनुहारमा क्रिम लगाउने र शृंगार गर्ने हाम्रो अभ्यास छ । धुवाँ धुलोबाट बच्न लोसन, मोस्चराइजर लगाउने गर्छौं । घरमा र अफिसमा बस्दा हामीले अनुहार र छालाको स्याहार गर्दैनौँ । तर, घर र अफिसमा हुँदा पनि हामीले छालाको विशेष स्याहार गर्नुपर्छ ।  भान्सामा खाना पकाइरहँदा भान्साको तापक्रम बढी हुन्छ । हाम्रो छाला कोमल हुने भएकाले त्यसको तापक्रम र खारले हाम्रो छालालाई असर गर्छ ।

हाम्रो ध्यान जान नसकेको अर्को कुरा, घरमा अथवा अफिसको काममा हामी लामो समय सम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ । यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ । त्यसकारण यी उपकरण प्रयोग गर्नु १५ मिनेट अगाडि नै हामीले शरीरमा बडी लोसन र सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण