१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्लभ मानिएको सूर्य ग्रहण आज लाग्दै, नेपालमा देखिन्छ या देखिँदैन?

२६ चैत्र २०८०, सोमबार ०७:४७

चैत २६, काठमाडौं । आज सन् २०२४ को पहिलो सूर्य ग्रहण लाग्ने भएको छ। आजको सूर्य ग्रहण मीन राशी र रेवती नक्षत्रमा लाग्ने छ। चैत्र अमावस्या दिन लाग्ने आजको सूर्य ग्रहण राति निकै महत्त्वपूण मानिएको छ। आज लाग्ने सूर्य ग्रहण यसअघि १९७० मा देखिएको थियो।

आजको सूर्य ग्रहण राति ९ः २७ बजेबाट सुरु हुने र समापन राति २ः ३७ बजे हुनेछ। आजको सूर्य ग्रहण पूर्ण सूर्य ग्रहण हुनेछ र यसलाई निकै लामो मानिएको छ।

आजको सूर्य ग्रहण क्यानडा, उत्तरी अमेरिका, म्याक्सिकोमा देखिने छ। त्यसबाहेक कोस्टारिका क्यूबा, डोमिनिका, फ्रेन्च पोलिनेशिया, जमाइका, आयरल्यान्ड, बेलायतको उत्तर पश्चिम क्षेत्र, पश्चिम युरोप, प्यासेफिक, एटलान्टिक, आर्कटिकमा पनि आजको सूर्य ग्रहण देखिने छ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज लाग्ने सूर्य ग्रहण निकै दुर्लभ रहेको बताए। उनले खग्रास सूर्य ग्रहण तीन सयदेखि ४ सय वर्षको अन्तरालमा लाग्ने हुँदा यो निकै दुर्लभ मानिएको बताए।

तर, नेपालमा भने आजको सूर्य ग्रहण नदेखिने पनि उनले बताए। उनका अनुसार नेपाल, भारतसहित एसिया क्षेत्रमा आजको सूर्य ग्रहण देखिने छैन। यो विश्वका केही स्थानमा मात्रै देखिन सक्छ।

उनले नेपालमा आज चन्द्रमाले पृथ्वीलाई छेक्ने प्रक्रिया नहुने भएकाले यहाँ पूर्ण ग्रहण नदेखिने भन्दै यसका लागि शताब्दी नै कुर्नुपर्ने बताए। उनका अनुसार यसअघि सन् २००९ को जुलाई २२ मा देखिएको थियो।

नेपालमा पूर्ण सूर्यग्रहण नदेखिए पछि खण्डग्रास सूर्यग्रहण भने आगामी सन् २०२७ मा देखिने छ।

किन लाग्छ पूर्ण सूर्य ग्रहण?

जब पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आएर सूर्यलाई चन्द्रमाले छेक्छ त्यस समय दुई प्रकारका छायाँ बन्छन्। ती हुन् सघन र बिरल छायाँ। पृथ्वीमा जहाँजहाँ सघन छायाँ पर्छ त्यहाँ खग्रास सूर्यग्रहण लाग्ने हुन्छ भने बिरल छायाँ पर्नेलाई खण्डग्रास सूर्य ग्रहण भनिन्छ।

सामान्य अर्थमा भन्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन्। त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ। कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ। जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ। यस घटनालाई सूर्यग्रहण भनिन्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण