१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भद्रकाली घटना : प्रहरीको दुर्व्यवहारमा परेका भिक्षु को थिए ?

२६ चैत्र २०८०, सोमबार ०८:२०

चैत २६, काठमाडौं । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गेरुबस्त्र लगाएका भिक्षुमाथि सुरक्षाकर्मीले लात्ताले प्रहार गरेकोबारे प्रश्न उठेको छ । चौतर्फी आलोचनापछि प्रहरी प्रधान कार्यालयले घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही सुरु गरेको सार्वजनिक सूचना प्रकाशन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाबारे आन्तरिक छानबिन गर्दै छ ।

चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्वको गरेको प्रदर्शनमा प्रहरीले भिक्षुलाई दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहारमा पर्ने भिक्षु हुन्, फुर्वा तामाङ लामा । उनी शंकरापुर नगरपालिका–३ स्थित गुम्बाबाट प्रदर्शनमा सहभागी हुन भद्रकालीमा आएका थिए ।


प्रहरीका अनुसार लामा गुरुहरू पनि प्रदर्शनमा सहभागी थिए । ‘तामाङ मुक्ति बाहिनी’को ब्यानरमा उनीहरू प्रदर्शनमा सहभागी भएको प्रहरी अधिकृतहरूको जिकिर छ ।

भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीका जवान हुन् । भुकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले भिड नियन्त्रणको सिद्धान्त विपरीत धार्मिक भेषमा रहेका फुर्वालाई लात्ता प्रहार गरेको प्रहरीको छानबिन निष्कर्ष छ । उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा भन्छन्–‘लात्ता प्रहार गर्नु गलत भएको छ, त्यसमा संलग्नलाई विभागीय कारबाही सुरु गरेका छौं ।’

भिड नियन्त्रण गर्न परिचालित सुरक्षाकर्मीले व्यावसायिकता भुलेर अमर्यादित क्रियाकलाप गरेको उपत्यका प्रहरी कार्यालयले सोमबार ब्रिफिङ गरेको छ । उपत्यकामा कार्यरत प्रहरी निरिक्षक र सोभन्दा माथिका अधिकृतलाई एआईजी दीपक थापाले प्रहरी प्रधान कार्यालयस्थित अडिटोरियम हलमा ब्रिफिङ गरेका हुन् ।

शनिवारको प्रदर्शनमा झडप हुँदा नगर प्रहरी कार्यालयमा कार्यरत जवान रामसिंह बोहरा घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण