२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनकपुरधाममा छुरा प्रहार गरी २० वर्षीय प्रिन्सकुमारको हत्या, दुई जना पक्राउ

२०८०, २६ चैत्र सोमबार १०:३७

चैत २६, काठमाडौँ । जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ। 

जनकपुरधाम उपमहानगरपालिका– ४ विश्वकर्मा चौकमा बस्ने महोत्तरीको एकडारा गाउँपालिकाका २० वर्षीय युवक प्रिन्सकुमार महासेठको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

स्थानीयका अनुसार अपरिचित व्यक्तिले लखेटी लखेटी महासेठमाथि छुरा प्रहार गरिएको थियो । छुराले रक्ताम्मे अवस्थामा लडेका महासेठलाई उपचारका लागि प्रादेशिक अस्पताल लगेपछि उनको मृत्यु भएको बताइएको छ ।

धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार युवकको हत्या आरोपमा दुई जनालाई पक्राउ गरी सोधपुछ भइरहेको छ। उनका अनुसार मृतक र पक्राउ परेकाहरु लागुऔषधको सेवनकर्ता रहेका छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता अवाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना