कात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपत"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका पर्यटकीयस्थल भरिभराउ

७ कार्तिक २०७३, आईतवार ०४:१४


कात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् । 

कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक छन् । 

सूर्याेदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडामा पनि पर्यटकको बाक्लै उपस्थिति छ । हेटौँडाबाट आउनुभएकी अस्मिता खड्काले अन्तुडाडाँबाट सूर्योदयको दृश्यावलोकन राम्रो भएको बताउनुभयो । 

तराई र पश्चिमी जिल्लाका साथै विदेशी पर्यटक यतिबेला कन्यामसँगै माईपोखरी, टोड्के झर्ना हुँदै छिन्टापु, सन्दकपुरसम्म जाने पर्यटक धेरै भएको पर्यटन व्यवसायीसमेत रहनुभएका पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो । गत वर्षमा विदेशी पर्यटकको आवागमन पनि कम रहेको इलाममा यो वर्ष भने निक्कै बाक्लो उपस्थिति देख्दा पर्यटन व्यवसायी हर्षित छन् । 

“यहाँ दैनिक चार÷पाँच सयको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन्”, कन्याम इनका होटल सञ्चालक टीका ओडारी भन्नुहुन्छ, “कहिलेकाहिँ त पर्यटकका सवारीसाधनले मेची राजमार्ग नै अवरूद्ध हुने गरेको छ ।” कन्याम आउने पर्यटकले हरियाली कन्याम, कञ्चनजङ्घा हिमालको दृश्यावलोकन गर्ने गरेका छन् भने घोडामा चढेर हरियाली क्षेत्रको अवलोकन गर्ने गरेका छन् । 

कन्याम आइपुगेका पर्यटक फिक्कल हुँदै पशुपतिनगरबाट भारततर्फ जाने भएकाले धेरै पर्यटक सदरमुकामतिर भने आउँदैनन् । 

पर्यटकीयस्थल सन्दकपुरमा पनि दैनिक तीन सयको हाराहारीमा पर्यटक आउने गरेको शेर्पा च्यालेट होटलले जनाएको छ । यहाँबाट सूर्याेदय, सूर्यास्त, कञ्चनजङ्घा हिमाल, पाँचथर, ताप्लेजुङ तथा भारतको विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह