कात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपत"/>

2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामका पर्यटकीयस्थल भरिभराउ


कात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् । 

कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक छन् । 

सूर्याेदय र सूर्यास्तका लागि प्रख्यात अन्तुडाँडामा पनि पर्यटकको बाक्लै उपस्थिति छ । हेटौँडाबाट आउनुभएकी अस्मिता खड्काले अन्तुडाडाँबाट सूर्योदयको दृश्यावलोकन राम्रो भएको बताउनुभयो । 

तराई र पश्चिमी जिल्लाका साथै विदेशी पर्यटक यतिबेला कन्यामसँगै माईपोखरी, टोड्के झर्ना हुँदै छिन्टापु, सन्दकपुरसम्म जाने पर्यटक धेरै भएको पर्यटन व्यवसायीसमेत रहनुभएका पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो । गत वर्षमा विदेशी पर्यटकको आवागमन पनि कम रहेको इलाममा यो वर्ष भने निक्कै बाक्लो उपस्थिति देख्दा पर्यटन व्यवसायी हर्षित छन् । 

“यहाँ दैनिक चार÷पाँच सयको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउन थालेका छन्”, कन्याम इनका होटल सञ्चालक टीका ओडारी भन्नुहुन्छ, “कहिलेकाहिँ त पर्यटकका सवारीसाधनले मेची राजमार्ग नै अवरूद्ध हुने गरेको छ ।” कन्याम आउने पर्यटकले हरियाली कन्याम, कञ्चनजङ्घा हिमालको दृश्यावलोकन गर्ने गरेका छन् भने घोडामा चढेर हरियाली क्षेत्रको अवलोकन गर्ने गरेका छन् । 

कन्याम आइपुगेका पर्यटक फिक्कल हुँदै पशुपतिनगरबाट भारततर्फ जाने भएकाले धेरै पर्यटक सदरमुकामतिर भने आउँदैनन् । 

पर्यटकीयस्थल सन्दकपुरमा पनि दैनिक तीन सयको हाराहारीमा पर्यटक आउने गरेको शेर्पा च्यालेट होटलले जनाएको छ । यहाँबाट सूर्याेदय, सूर्यास्त, कञ्चनजङ्घा हिमाल, पाँचथर, ताप्लेजुङ तथा भारतको विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो