2026-10-29 04:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित

2026-10-29

काठमाडौँ | जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ। विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले काठमाडौंलाई ८ विकेटले पराजित गरेको हो।

काठमाडौँले दिएको ११६ रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले १७.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। जनकपुरका लागि मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनाएका थिए भने सैफ हसनले अविजित ४० रन बनाएका थिए। यसअघि टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँले १९.३ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो। काठमाडौँका लागि भिम सार्कीले सर्बाधिक ३३ रन बनाएका थिए भने रशिद खानले १७ र समित पटेलले १३ रन बनाएका थिए। त्यस्तै समित महर्जनले १० रन बनाएका थिए। त्यसैगरी जनकपुर बोल्ट्सका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १८ रन दिएर ४ विकेट लिएका थिए। त्यस्तै सैफ हसनले २ विकेट लिए भने हरमित सिंह, मोइन अली र ललित राजबंशीले एक एक विकेट लिएका थिए।

पहिलो खेलमा कर्णाली याक्ससँग हारेको जनकपुरले दोस्रो खेलमा सहज जित हासिल गर्दै प्रतियोगितामा कमब्याक गरेको छ भने काठमाडौँले हारबाट प्रतियोगितामा शुरुवात गरेको छ। एनपीएल अन्तर्गत आजै कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने