२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गृहमन्त्रीलाई स्पष्टीकरण दिन कांग्रेसले रोक्न मिल्दैन: एमाले

२०८०, २७ चैत्र मंगलवार १२:११

चैत २७, काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिने कुरामा कांग्रेसले अवरोध गर्न नमिल्ने बताएको छ। एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधानमन्त्री लामिछानेमाथि लागेको आरोपको स्पष्टीकरण संसद्‌बाट दिनका लागि कांग्रेस सहमत हुनुपर्ने बताए।


कांग्रेसले मंगलबार गृहमन्त्रीमाथि लागेको आरोप छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो। एमाले सचेतक बर्तौलाले सञ्चारकर्मीमाझ त्यस्ता आरोपको जवाफ संसद्‌बाटै उपप्रधानमन्त्री लामिछानेलाई दिनका लागि कांग्रेस तयार हुनुपर्ने उल्लेख गरे। उनले अरुको कुरा नसुन्ने भन्ने कुरा लोकतान्त्रिक दल भनिएको कांग्रेसलाई नसुहाउने जिकिर गरे।

बर्तौलाले भने, ‘भोलि त फेरि पनि बैठक छ। भोलिको बैठक पनि यही अवस्था हुने खतरा छ। प्रमुख प्रतिपक्षलाई हाम्रो आग्रह के हो भने, देशमा डढेलो लागिरहेको छ। शान्ति सुरक्षाको कुरा छ। कतिपय जिल्लामा कर्फ्युको अवस्था छ। त्यो बारेमा बताउन खोज्दा गृहमन्त्रीका कुरा सुन्नुपर्छ। उहाँसँग प्रश्न छन् भने त्यो सुन्ने धैर्यता राखौं। लोकतन्त्र भनेको आफूले मात्रै कुरा सुनाउने होइन। आफूले कसैलाई आरोपित गरेको छ भने निज व्यक्तिहरुले आफ्ना बारेमा पनि बताउने त्यो ठाउँ हो।’

प्रमुख सचेतक बर्तौलाले कांग्रेसले जनसरोकारका विषयमा छलफल गरेर महत्वपूर्ण कानुनहरु निर्माण गर्नुपर्नेमा संसद् अवरुद्ध गरेर गल्ती गरेको दोहोर्‍याए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना