2026-10-26 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो

चैत २८, काठमाडौँ । भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके बाहेक बर्दियाका पनि २ जनाको उक्त दुर्घटनामा परी मृत्यु भएको हो। योसँगै उत्तराखण्ड दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले बर्दिया जिल्ला बबई चेपाङका ६० वर्षिय तोकबहादुर र उचाकोट बेतालघाटका ४० वर्षका रमेश चन्दको मृत्यु भएको छ।

दुर्घटनामा परेर बैजनाथ–८ थपुवाका ३६ वर्षिय दशरथ थारु घाइते छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

मङ्गलवार उत्तराखण्डको नैनीतालमा जिप दुर्घटना हुँदा बाँकेको बैजनाथ गाउँपालिका–८ का मात्रै ७ जनाको मृत्यु भएको छ। जसमा एकै घरका दम्पत्तीसहित ७ जना रहेका छन्।

बैजनाथ–८ का वडाअध्यक्ष भगन थारुका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ८ फत्तेपुर निवासी दम्पत्ती ४६ वर्षिय रामधिराज थारु र उनकी श्रीमति ४५ वर्षिया ‘शान्ति’ भनिने लौटी थारु, सोही वडाको शान्ति टोली निवासी ५६ वर्षिय उदयराम थारु, ५८ वर्षका विश्राम थारु, थपुवा गाउँका ‘आइतराम’ भनिने ४२ वर्षिय अटराम थारु, ४२ वर्षकै विनोदकुमार थारु र रिहारपुर गाउँका ५१ वर्षिय तिलकराम थारु रहेका छन्।

कामका लागि भारत गएका उनीहरू चैते दसैँ र नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने