डिल्लीराज रावत/कात्तिक ७, सल्यान । समाजमा प्रहरी गर्ने गतिविधिका कारण अपराध कम भएपनि अनुसन्धान हुन नसकेर बाहिर आउन नसकेको तर्फ प्रहरीहरु सचेत हुनुपर्ने राप्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डिल्लीराज रावत/कात्तिक ७, सल्यान । समाजमा प्रहरी गर्ने गतिविधिका कारण अपराध कम भएपनि अनुसन्धान हुन नसकेर बाहिर आउन नसकेको तर्फ प्रहरीहरु सचेत हुनुपर्ने राप्"/>

2026-09-08 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अपराध कम भएपनि अनुसन्धान हुनैपर्छ: राप्ती प्रहरी प्रमुख चन्द


डिल्लीराज रावत/कात्तिक ७, सल्यान । समाजमा प्रहरी गर्ने गतिविधिका कारण अपराध कम भएपनि अनुसन्धान हुन नसकेर बाहिर आउन नसकेको तर्फ प्रहरीहरु सचेत हुनुपर्ने राप्तीका प्रहरी प्रमुख प्रेम चन्दले जनाएका छन । 

समाजका अपराधहरुको आधुनिक तवरले अनुसन्धान गरि अपराधिलाई कानुनि दायरामा ल्याई अपराध कम गर्नका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउदै वरिष्ट प्रहरी उपरिक्षक चन्दले समयको विकासक्रम संगै तालिमहरुपनि आधुनिक तवरले संचालन भैरहेको बताएका हुन । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा संचालित घुम्ती प्रशिक्षण योजना अन्तरगत सल्यानमा ७ दिन सम्म चल्ने अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै उनले भिड नियन्त्रण पछि जवान र हवल्दारहरुका लागि यो दोस्रो अनुशिक्षण भएको बताएका हुन । प्रहरीका अधिकृत तहकाले बढि तालिम लिएपनि काम भने जवानले गर्ने भएकाले जवानहरुलाई पनि यस्तो तालिम दिनुपर्ने रष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको योजना अनुसार केन्द्रमा मात्रै हुने यस्ता तालिम जिल्लाव्यापी रुपमा चलाइएको उनले बताएका हुन । 

वास्तवमा काम गर्ने तहमा जवान र हवल्दार भएकाले उनिहरुमा पनि आधुनिक ज्ञान र सिप हुनुपर्ने उनको कथन थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले प्रहरी जवानको यो बतालिमले अपराध कम गर्न र भएमा कानुनी दायरमा ल्याउन सहयोग गर्ने बताएका थिए । त्यस्तै स्थानिय विकास अधिकारी रामचन्द्र पौडेलले अपराधलाई जहाँको त्यहि नियन्त्रण गर्नुपर्ने गरि प्रहरी लाग्नुपर्ने र प्रहरी देख्ने वित्तिकै अपराधीले अपराधिक मानसिकता त्याग्ने बाताबरण बनाउनुपर्ने बताएका छन । 

प्रहरीले भिड नियन्त्रण, अपराध अनुसन्धान जस्ता ५ वटा अनुशिक्षक कार्यक्रम देशैभरी चलाइरहेको छ । आइतबारबाट नै देशभरका ३४ स्थानमा १ हजार २ सय ४९ जनाले अपराध अनुसन्धान तथा नियन्त्रण विशेष तालिम लिइरहेका छन ।

यस्ता तालिमले जवान तथा हवल्दारको बढुवाका लागि पनि सहयोग हुने र स्थानिय स्तरमा तालिम प्रदान गर्दा तालिमको प्रभावकारिता बढ्ने कार्यक्रमका अध्यक्ष प्रहरि नायव उपरिक्षक श्याम बहादुर खत्रीले जनाएका छन । 

प्रहरी निरिक्षक गणेश थापाले संचालन गरेको कार्यक्रममा सहभागिलाई स्वागत तथा कार्यक्रमको बारेमा जानकारी प्रहरी निरिक्षक धर्म बहादुर केसीले गराएका थिए । अनुशिक्षण तालिम आगामी कातिक १२ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ