२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गण्डकीमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय

२०८०, २९ चैत्र बिहीबार ०७:५३

चैत २९, काठमाडौँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा रहेका ७ वटा मन्त्रालय फुटाएर ९ वटा पुर्‍याउने निर्णय गरेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको आन्तरिक मामिला मन्त्रालय फुटाउने निर्णय भएको बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुष २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए।


सरकारको चालु खर्च घटाउने र छरितो सरकार बनाउने भन्दै उनले त्यतिबेला मन्त्रालय संख्या घटाएका थिए। पहिलो पटक मुख्यमन्त्री बन्दा अधिकारीले एमालेका ३, माओवादीका २ र राप्रपाका १ जनालाई मन्त्री बनाएका थिए।

त्यतिबेला स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ मन्त्री बनेका थिएनन्।

यसपालि भने मुख्यमन्त्री अधिकारीले आफी नियुक्त भएकै दिन चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका थिए। राप्रपा पनि सरकारमा आउने आशा उनले गरेका छन्। आवश्यक परे राप्रपाका २ जना सांसदलाई नै मन्त्री बनाउनुपर्ने भएकाले मन्त्रालय बढाएको सत्तारुढ गठबन्धनले बताएको छ।

गण्डकीमा नेपाली कांग्रेसको २७, एमालेको २२, माओवादीको सभामुखसहित ८, राप्रपाको २ र दीपक मनाङेसहित ६० सांसद छन्।

गण्डकीमा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ।

राप्रपाको समर्थनबिना सत्तारुढ गठबन्धन वा कांग्रेस दुवैको सरकार बन्न नसक्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना