Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्तव्यस्त

२०८०, २९ चैत्र बिहीबार ११:४१

चैत २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हावाहुरीका कारण उडान अस्तव्यस्त भएको छ ।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको छ । यो जहाज पुनः काठमाडौं अवतरण गर्ने प्रयासमा छ ।

 

त्यस्तै चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’ भएको छ । भारतको इन्डिगो एयरको जहाज नयाँदिल्ली डाइभर्ट भएको प्रवक्ता झाले जानकारी दिए ।

उनका अनुसार आन्तरिक उडान समेत प्रभावित बनेको छ । नेपालगन्जबाट आएको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज काठमाडौंमै फिर्ता गर्नुपरेको छ । बुद्ध एयरको सिमराबाट उडेको जहाज पनि सिमरामै डाइभर्ट गर्नुपरेको छ ।

अहिले दिल्लीबाट आएको भिस्टारा एयर, ढाकाबाट आएको विमान बंगलादेश, थाइल्यान्डबाट आएको लायन एयर ‘होल्ड’ गरिएका छन् । अन्य आन्तरिक उडानका जहाज समेत होल्डमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना