२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सलमान खानको घर बाहिर गोली चल्यो

२०८१, २ बैशाख आईतवार ०५:२६

बैशाख २, काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ ।

मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ ।

गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।


घटनाको खबर पाएलगत्तै मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेको थियो । सलमानको घर बाहिर पनि सुरक्षा बढाइएको छ । आक्रमणकारीहरूको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज पनि जाँच गरिँदैछ र मानिसहरूसँग सोधपुछ पनि भइरहेको छ ।

लरेन्स बिश्नोईले मार्च २०२३ मा सलमानलाई धम्की दिएका थिए । बिश्नोईको धम्की पछि सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट वाई प्लस श्रेणीको सुरक्षा पाएका छन्।

यसअघि सलमानसँग महाराष्ट्र प्रहरीका कर्मचारी बस्ने गर्दथे तर धम्की आएपछि उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको छ । यो सुरक्षा घेरामा ११ जना सैनिक सधैं सलमानसँग रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ पीएसओ पनि हुन्छन्। सलमानको गाडी अगाडि र पछाडि एस्कर्ट गर्न सधैं दुईवटा गाडी हुन्छन् । यससँगै सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना