बैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तिब्र गतिमा बढेको छ । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ ।

प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तिब्र गतिमा बढेको छ । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ ।

प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुदूरपश्चिममा केन्द्रलाई काउन्टर, नाउपालाई मुख्यमन्त्री दिने कांग्रेससहितको सहमति

२ बैशाख २०८१, आईतवार ०८:०५

बैशाख २, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबि गर्ने आज अन्तिम दिन राजनीतिक ध्रुवीकरण तिब्र गतिमा बढेको छ । आइतबार प्रदेशको ठुलो दल नेपाली काँग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको दाबी गरिएको छ ।

प्रदेश सरकार निर्माणको लागि काँग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो ।  कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको दाबि गरिएको छ ।


समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहकाबीच सहमति भएको हो । 

सुदूरपश्चिममा काँग्रेसका १८, एकीकृत समाजवादीका चार र र नाउपाको रेशम चौधरी पक्षका चार सांसद छन् । यो सहमतिपछि सुदूरपश्चिममा बहुमतको लागि आवश्यक २६ मत पुग्ने भएको छ । 

यद्यपी केन्द्रको नयाँसमीकरणका दलहरुबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान थियो । नाउपाकी  अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले नयाँ एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबि गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग नयाँ सहमति गरेको हो ।

५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम रहेका छन् । सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपाची ५१ सदस्य रहेका छन् । यस अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।

प्रदेश प्रमुखले सरकार गठनको दाबि गर्न आज अपराहन्न ५ बजेसम्मको समय दिएका छन् । यस अघि सुदूरपश्चिममा नाउपा भित्रको विवादले थप राजनीतिक घटनाक्रम विकसित हुनसक्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली