कात्तिक ७, जापान । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, जापान । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई "/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा बम विस्फोट हुँदा एकको मृत्यु, दुई घाइते

७ कार्तिक २०७३, आईतवार १०:०५

कात्तिक ७, जापान । जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको एक पार्कमा आइतबार सँगसँगै भएका दुई विस्फोटनमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका छन् । 

जापानको राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११ः३० बजे बिहान सो बम विस्फोटनहरु भएका थिए । 

एक पार्कमा महोत्सव चलिरहेका बेला भएको उक्त विस्फोटन के कति कारणले गराइएको हो, सो भने तत्काल प्रष्ट नभएको बताइएको छ । 

सो विस्फोटनहरुमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै दुई घाइते भएका र घटनाको विस्तृत विवरण भने प्राप्त नभएको अग्नी नियन्त्रण विभागका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् । 

सो घटनाहरुमा परेर हताहत भएका तीन व्यक्ति महिला वा पुरुष हो र उनीहरुको उमेर पनि हाल प्रष्ट नभएको अग्नीनियन्त्रण विभागका एक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार एक विस्फोट कार पाकिङ्ग इलाकामा भएको थियो । 

प्रत्यक्षदर्शीहरुका अनुसार लगातार दुईवटा विस्फोट भएको र विस्फोटपछि गन्ध तथा धुवाँ उडेको थियो । रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान