2026-09-30 06:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता

काठमाडौँ | वीरगन्जबाट सोमबार बेलुकी पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । मंगलबार वीरगन्जमा कार्यक्रममा सहभागी हुनका लागि आएका बेला प्रसाईं सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो । सोमबार बेलुकी प्रसाईंलाई पक्राउ गर्दै गर्दा सञ्चारकर्मीले पक्राउ गर्नुको कारण वा कसुरबारे प्रश्न गर्दा प्रहरीले केहि पनि बताएको थिएन ।

तर मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी हिरासतमा रहेका प्रसाईंविरुद्ध मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको जानकारी गराएको छ । यसअघि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले विभिन्न फरक जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पुर्‍याउने तथा सरकारप्रति घृणा र द्वेष फैलाउने खालका अमर्यादित अभिव्यक्ति दिएको कसुरमा सोमबार प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका थिए ।

सोमबार बेलुकी ८ बजेतिर वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले होटलबाट प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिने क्रममा प्रसाईंका समर्थकहरुले विरोध जनाउँदै प्रतिवाद गर्दा केहिबेर तनाव समेत भएको थियो । होटलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रसाईंलाई सिधै जिल्ला प्रहरी कार्यालय पर्सामा लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री