2026-10-20 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पाटन औद्योगिक क्षेत्र मूर्तिकलासँग सम्बन्धित घरेलु उद्योगका लागि छुट्याइएको क्षेत्र भए पनि अहिले त्यहाँ ठूला उद्योग सञ्चालन भइरहेको जानकारी गराइन् ।

उनले ती उद्योगका कारण स्थानीय बासिन्दा बिरामी पर्ने तथा मृत्यु हुने अवस्था सिर्जना भएको उल्लेख गरिन् । उनले भनिन्,पाटन औद्योगिक क्षेत्र भनेको मूर्तिहरु बनाउने भनेर घरेलु उद्योगको लागि छुट्याएको क्षेत्र हो । यसलाई अहिले ठूलो–ठूलो उद्योगहरु खोलेर प्रयोग गरिएको छ । त्यसले गर्दा त्यो ठाउँमा धेरै मानिसहरु बिरामी हुने र मृत्यु नै हुने अवस्था रहेको छ ।’

त्यस्तै उनले झापा क्षेत्र नम्बर–२ मा पनि वायु प्रदूषणका कारण धेरै मानिस क्यान्सर पीडित भएको दाबी गरिन् । उनका अनुसार एसियन हाइवे निर्माणका क्रममा बस्ती क्षेत्रमा अलकत्रा प्रयोग गरिएपछि स्थानीयवासी स्वास्थ्य समस्याबाट प्रभावित भएका छन् । उनले पटक–पटक सम्बन्धित निकायमा रिपोर्ट गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् ।उनले भनिन्,‘झापा क्षेत्र–२ मा वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् । त्यहाँ एसियन हाइवे बनाउने भनेर बस्तिमा अलकत्र बनाइएको छ धेरै पटक रिपोर्ट गर्दा पनि सुनिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ