2026-09-30 07:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पाटन औद्योगिक क्षेत्र मूर्तिकलासँग सम्बन्धित घरेलु उद्योगका लागि छुट्याइएको क्षेत्र भए पनि अहिले त्यहाँ ठूला उद्योग सञ्चालन भइरहेको जानकारी गराइन् ।

उनले ती उद्योगका कारण स्थानीय बासिन्दा बिरामी पर्ने तथा मृत्यु हुने अवस्था सिर्जना भएको उल्लेख गरिन् । उनले भनिन्,पाटन औद्योगिक क्षेत्र भनेको मूर्तिहरु बनाउने भनेर घरेलु उद्योगको लागि छुट्याएको क्षेत्र हो । यसलाई अहिले ठूलो–ठूलो उद्योगहरु खोलेर प्रयोग गरिएको छ । त्यसले गर्दा त्यो ठाउँमा धेरै मानिसहरु बिरामी हुने र मृत्यु नै हुने अवस्था रहेको छ ।’

त्यस्तै उनले झापा क्षेत्र नम्बर–२ मा पनि वायु प्रदूषणका कारण धेरै मानिस क्यान्सर पीडित भएको दाबी गरिन् । उनका अनुसार एसियन हाइवे निर्माणका क्रममा बस्ती क्षेत्रमा अलकत्रा प्रयोग गरिएपछि स्थानीयवासी स्वास्थ्य समस्याबाट प्रभावित भएका छन् । उनले पटक–पटक सम्बन्धित निकायमा रिपोर्ट गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन् ।उनले भनिन्,‘झापा क्षेत्र–२ मा वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् । त्यहाँ एसियन हाइवे बनाउने भनेर बस्तिमा अलकत्र बनाइएको छ धेरै पटक रिपोर्ट गर्दा पनि सुनिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असोज १७ देखि भीषण वर्षाको हल्ला गलत, मौसममा झरी र चिसो बढ्ने सम्भावना बाढीपहिरोले थुनिएको मर्स्याङ्दी खुलाउन थालियो, चामेमा जोखिम कायमै यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन, कडा कारबाही हुन्छ : केपी ओली पूर्व प्रधानन्यायाधीशलाई प्रहरीले पक्राउ गरेको होइन, उद्धार गरेको हो : सरकारका प्रवक्ता अब पार्टी, जनता र देशको सेवामा समर्पित हुन्छु : विद्यादेवी भण्डारी पूर्वमन्त्री दीपक मनाङे कांग्रेसमा प्रवेश, मनाङको संयोजकको जिम्मेवारी मन्त्रिपरिषद् बैठक बस्दै तास खेलिरहेको स्थानमा प्रहरी पुग्दा भागाभाग, एकको मृत्यु र अर्का घाइते प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूतको विदाई भेट कांग्रेस महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गतेदेखि हुने अध्यादेशबाट संशोधित कानुन पुनः कायम गर्न विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम विपद् दैवका कारण होइन, प्राकृतिक वा मानव सिर्जित हुन्छ : सांसद खरेल काठमाडौँ जोड्ने प्रमुख राजमार्गहरू सञ्चालनमा एलपी ग्यास बिक्रीमा निगमको कडाइ, बढी मूल्य र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही कांग्रेस महाधिवेशन केही दिन सर्ने सम्भावना, आज बैठक बस्दै बागलुङमा बाढी–पहिरोको कहर: मृतकको संख्या १२ पुग्यो सुनकोचाँदीको मूल्य घट्यो दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बाढी–पहिरोले एक हजार मेगावाट विद्युत उत्पादन प्रभावित : ऊर्जामन्त्री