२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरान-इजरायल तनावले पेट्रोलियम पदार्थको मुल्यमा कस्तो असर पर्ला ?

३ बैशाख २०८१, सोमबार ०६:५०

बैशाख ३, काठमाडौं । अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासमा आक्रमण गरेको थियो । त्यसको १२ दिनपछि १३ अप्रिलमा इरानले इजरायलमाथि ३०० मिसाइल र ड्रोन आक्रमण गर्यो । मध्यपूर्वमा तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।  इजरायल-इरान युद्धले तेलको मूल्यमा प्रभाव पार्ने विश्लेषण शुरु भएको छ ।  

इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नुभन्दा एक दिनअघि ओमानको खाडीको होर्मुज पासबाट गुज्रिरहेको जहाज कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेल यही होर्मुज पासबाट आपूर्ति हुन्छ । इरानका सयौं ब्यालेस्टिक र क्रुज मिसाइलहरू यहाँ तैनाथ छन् । यदि दुई देशबीचको विवाद चर्कियो भने इजरायलले यस क्षेत्रबाट जहाजको आवतजावतमा रोक लगाउनेछ । इरानले स्वेज नहर बन्द गर्ने धम्की पनि दिएको छ । द इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार हरेक दिन ५.५ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल स्वेज नहरबाट आपूर्ति गरिन्छ । 


स्वेज नहर र हर्मुज पासमा कुनै पनि अवरोधले तेल आपूर्ति रोक्नेछ । यी सबै अनुमानका बीच तेल बजारमा यसको प्रभाव देखिन थालेको छ । इरान र इजरायलबीच अप्रिल १ बाट तनाव सुरु भएको थियो । त्यसयता कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरबाट बढेर प्रति ब्यारेल ९० डलर पुगेको छ ।

अमेरिकी थिंक ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’का अनुसार तनाव कम नभए तेलको मूल्य प्रति ब्यारेल १०० डलरसम्म पुग्न सक्छ । साउदी अरेबिया, कुवेत, ओमान र युएई जस्ता ठूला तेल उत्पादक देशहरू छन् ।

विश्लेषकहरुले वर्तमान अवस्थामा इरान पूर्ण स्तरको युद्ध लड्ने अवस्थामा छैन । इजरायलले गाजामा युद्ध लडिरहेको छ । यस्तो अवस्थामा दुवै देशले आपसमा लामो युद्ध लड्दैनन् । त्यसैले तेलको मूल्यमा थोरै बृद्धि हुने भएपनि धेरै बढ्ने सम्भावना नरहेको तर्क समेत गरिएको छ ।

यो तनाव ठूलो युद्धमा परिणत नहुने दाबि समेत गरिएको छ । अहिले भइरहेको मनोवैज्ञानिक युद्ध हो । यस्तो अवस्थामा इजरायलले जवाफी कारबाही नगरेसम्म केही भन्न गाह्रो छ ।

कच्चा तेलको भाउ बढेमा खुद्रा पेट्रोल र डिजेलको मूल्यमा असर पर्ने विज्ञहरु बताउँछन् ।  खास गरि भारतमा आउने ६५ प्रतिशत कच्चा तेल स्वेज नहर र होर्मुज पासबाट आउने हुनाले यस क्षेत्रमा बढ्ने तनावले भारतमा तेलको मुल्य बढ्ने र त्यसको असर नेपालमा पर्ने देखिन्छ ।

मार्चको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ४ महिनाको उच्च विन्दुमा पुगेको छ । जुन तनावका कारण थप बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली