२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इरान-इजरायल तनावले पेट्रोलियम पदार्थको मुल्यमा कस्तो असर पर्ला ?

२०८१, ३ बैशाख सोमबार ०६:५०

बैशाख ३, काठमाडौं । अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासमा आक्रमण गरेको थियो । त्यसको १२ दिनपछि १३ अप्रिलमा इरानले इजरायलमाथि ३०० मिसाइल र ड्रोन आक्रमण गर्यो । मध्यपूर्वमा तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ ।  इजरायल-इरान युद्धले तेलको मूल्यमा प्रभाव पार्ने विश्लेषण शुरु भएको छ ।  

इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नुभन्दा एक दिनअघि ओमानको खाडीको होर्मुज पासबाट गुज्रिरहेको जहाज कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेल यही होर्मुज पासबाट आपूर्ति हुन्छ । इरानका सयौं ब्यालेस्टिक र क्रुज मिसाइलहरू यहाँ तैनाथ छन् । यदि दुई देशबीचको विवाद चर्कियो भने इजरायलले यस क्षेत्रबाट जहाजको आवतजावतमा रोक लगाउनेछ । इरानले स्वेज नहर बन्द गर्ने धम्की पनि दिएको छ । द इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार हरेक दिन ५.५ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल स्वेज नहरबाट आपूर्ति गरिन्छ । 


स्वेज नहर र हर्मुज पासमा कुनै पनि अवरोधले तेल आपूर्ति रोक्नेछ । यी सबै अनुमानका बीच तेल बजारमा यसको प्रभाव देखिन थालेको छ । इरान र इजरायलबीच अप्रिल १ बाट तनाव सुरु भएको थियो । त्यसयता कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरबाट बढेर प्रति ब्यारेल ९० डलर पुगेको छ ।

अमेरिकी थिंक ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’का अनुसार तनाव कम नभए तेलको मूल्य प्रति ब्यारेल १०० डलरसम्म पुग्न सक्छ । साउदी अरेबिया, कुवेत, ओमान र युएई जस्ता ठूला तेल उत्पादक देशहरू छन् ।

विश्लेषकहरुले वर्तमान अवस्थामा इरान पूर्ण स्तरको युद्ध लड्ने अवस्थामा छैन । इजरायलले गाजामा युद्ध लडिरहेको छ । यस्तो अवस्थामा दुवै देशले आपसमा लामो युद्ध लड्दैनन् । त्यसैले तेलको मूल्यमा थोरै बृद्धि हुने भएपनि धेरै बढ्ने सम्भावना नरहेको तर्क समेत गरिएको छ ।

यो तनाव ठूलो युद्धमा परिणत नहुने दाबि समेत गरिएको छ । अहिले भइरहेको मनोवैज्ञानिक युद्ध हो । यस्तो अवस्थामा इजरायलले जवाफी कारबाही नगरेसम्म केही भन्न गाह्रो छ ।

कच्चा तेलको भाउ बढेमा खुद्रा पेट्रोल र डिजेलको मूल्यमा असर पर्ने विज्ञहरु बताउँछन् ।  खास गरि भारतमा आउने ६५ प्रतिशत कच्चा तेल स्वेज नहर र होर्मुज पासबाट आउने हुनाले यस क्षेत्रमा बढ्ने तनावले भारतमा तेलको मुल्य बढ्ने र त्यसको असर नेपालमा पर्ने देखिन्छ ।

मार्चको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ४ महिनाको उच्च विन्दुमा पुगेको छ । जुन तनावका कारण थप बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन