४ माघ २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला

९ मंसिर २०८१, आईतवार ०९:३५

मलेसिया । मलेसियास्थित पेट्रोल पम्पहरुले अब बिदेसी कामदार राख्न पाउने भएका छन् । मलेसियाको गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलको निर्णयसंगै पेट्रोल पम्पहरुमा संचालन हुने क्याफे तथा पसलहरूमा सरसफाइ तथा मर्मत-सम्भारको लागि विदेशी कामदारहरू राख्न अनुमति दिने निर्णय गरेको हो ।

सन् १९९५ मा मलेसिया सरकारले मलेसियाका पेट्रोल स्टेसनहरूमा विदेशी कामदारहरूलाई काममा राख्न निषेध गरेको थियो । पेट्रोल स्टेसनहरूले प्राविधिक जनशक्तिलाई आकर्षक तलब दिने गरेका छन् । यसको काममा दक्ष कामदारको आवश्यक हुन्छ । यस्ता काममा मासिक न्यूनतम २ हजार ३१० रिंगेट हुन्छ ।

मानव संशाधनमन्त्री स्टिभन सिमले पेट्रोल स्टेसनमा काम गर्ने विदेशी कामदारहरूलाई सप्लाई कम्पनीले नभई पेट्रोल स्टेसनहरूले नै व्यवस्थापन गर्नुपर्ने बताएका छन् । अवैध कामदारविरुद्ध मलेसिया सरकारले चलाएको अभियानले ४० प्रतिशत विदेशी कामदार रहेको शहरी क्षेत्रका धेरै पेट्रोल स्टेसनहरूलाई असर गरेको छ । पेट्रोल स्टेसनका संचालकहरूले स्थानीयहरूलाईनै काममा लगाउन खोजेका थिए तर काम छाडेर पेट्रोल स्टेसनमा काम गर्न धेरैले रुचि नदेखाएपछि समस्या आएको थियो ।

कामदारको अभावमा सामान्यतया २४ घण्टा चल्ने पेट्रोल स्टेसनहरूले एक चौथाइ समय कटाएर प्रतिदिन १८ घण्टा चलाउँदा राजस्वमा समेत असर गरेपछि सरकारले करिब ३० वर्ष पुरानो निर्णय परिवर्तन गरेको हो ।

बिदेसी कामदार लैजान बन्द गरेपछि मलेसियाका होटलसहित अन्य क्षेत्रमा पनि कामदारको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पर्यटन व्यवसायी प्रेम घलेको निधन शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति? यस्तो रहने छ आजको मौसम अस्ट्रेलियामा नेपालीले चलाएको कार दुर्घटनामा ४ जनाको मृत्यु पक्षघातको औषधि निःशुल्क उपलब्ध हुँदै बिमानस्थल ओर्लिने वित्तिकै बेहोस भएका चिनियाँ नागरिकको मृत्यु आफूमाथि कुटपिट गर्ने व्यक्तिविरुद्ध वरिष्ठ अधिवक्ता त्रिपाठीले दिए उजुरी दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी