१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कोलकाताका कप्तान श्रेयस ऐरलाई १९ लाख जरिवाना

५ बैशाख २०८१, बुधबार ०८:००

बैशाख ५, काठमाडौँ । कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू (१९ लाख नेपाली रुपैयाँ) जरिवाना लागेको छ ।

मंगलबार राति राजस्थान रोयल्ससँगको खेलमा बलिङ निर्धारित समयभन्दा ढिलो सकेपछि स्लो ओभर रेटका कारण कारबाहीमा परेका हुन् ।


जारी आईपीएलमा स्लो ओभर रेटका कारण दिल्लीका कप्तान ऋषभ पन्त र चेन्नाइ सुपर किंग्सका ऋतुराज गायकवाड पनि १९ लाख जरिवानामा परिसकेका छन् । कोलकाता राजस्थानसँग २ विकेटले पराजित भएको थियो ।

२२४ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जस बटलरले ६० बलमा ९ चौका र ६ छक्कासहित १०७ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

त्यसअघि घरेलु रंगशाला इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । कोलकाताका सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्का सहित सर्वाधिक १०९ रन बनाएका थिए ।

कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी