२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कटहरियाको आकस्मिक कक्षमा डाक्टर नहुँदा बिरामीका आफन्त द्वारा तालाबन्दी

२०८१, १३ बैशाख बिहीबार ०७:५४

बैशाख १३, रौतहट | - सञ्जय मिश्रा । रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ केन्द्रको आकस्मिक कक्ष मा डाक्टर नहुँदा उपचार गराउन आउने बिरामीको आफन्तले अपिडी लगायतको कक्षामा तालाबन्दी गरेका छन।

कटहरिया नगरपालिका ५ बलरामपुर गाउँ स्थित भुंस र बाँसमा लागेको आगो निभाउन गाएकी एकजना महिलाको साडीमा सल्किएर जिउको अधिकांस भाग जलेको छ। स्थानिय सुजाईत मियाँकी ५० बर्षिया श्रीमती आस्मा खातुनले आज बिहान ७ बजे घर छेउको आगो निभाउने क्रममा साडीमा आगो लागेर उनको शरिरको अधिकांस भाग जलेको हो।

घटना लगतै आफन्तहरूले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ केन्द्र कटहरियाको आकस्मिक कक्षमा लागेका थिए। आकस्मिक कक्षमा २ घन्टासम्म गम्भीर अवस्थामा रहेकी महिलाको उपचार गर्ने कुनै डाक्टर नभेट्दा आक्रोसित परिवारका मानिसले अपिडी लगायत सबै कक्षामा तालाबन्दी गरेका छन।

आकस्मिक सेवा सुचारु भएपछि केन्द्रमा २४औं घन्टा डाक्टर लगायत स्वास्थ्यकर्मीको सेवा उपलब्ध हुनुपर्नेमा यहाँ पटकपटक यस्ता लापरवाहीको घटनाहरू भईरहेको छ।

बिहान ९ बजे न्युज कारखानाका प्रतिनिधि आकस्मिक कक्षमा पुग्दा आगलागी बाट जलेकी महिला अचेत अवस्थामा बेडमा सुतेकी थिइन, उनको आफन्तहरु जलेको स्थानमा मलहम लगाएर छतपट गरिरहेका थिए  तर त्यहाँ उपचार गर्ने कोई डाक्टर थिएनन्।

घाईते महिला संगै आएका महमद उमरले बिरामी लिएर आएको दुईघण्टा भयो यहाँको अवस्थाबारे अस्पतालका डाक्टर संगै कटहरियाका जनप्रतिनिधिलाई पटकपटक फोन गर्दा कसैले वास्ता नगरेको कारण बाध्यभएर अस्पतालमा तालाबन्दी गरेको बताएका छन।


बिरामीको अवस्था सुनेर करिब ९ बजे अस्पतालमा पुगेका अहेव बिनोद गुप्ताले जलेर घाईते भएकी खातुनको अवस्था गम्भीर छ, मैले जाने अनुसार उपचार गरेर थपउपचारको लागि बिरगंज रेफर गरिएको बताएका छन्। प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका प्रमुख डाक्टर धर्मेन्द्र पटेल घर गएका छन्, अर्का डाक्टर अर्जुन जैसवालको घरमा बिहे भएकाले उनी पनि अनुपस्थित रहेको अहेव गुप्ताले जानकारी दिएका छन।

डाक्टरहरु उपस्थित हुँदा खातुनको उपचार सम्भव थियो तर कुनै डाक्टर नभएको कारण बाध्यभएर बिरगंज रेफर गरिएको उनको भनाइ रहेको छ। डाक्टरहरुको लापरवाहीको कारण प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार गराउन आउने बिरामी लाई पटकपटक यस्ता कठिनाइको सामना गर्नु परेको स्थानीयहरूले बताएका छन।


पूर्व मेयर सियाराम कुशवाहाको कार्यकालमा केन्द्रमा सुरुभएको आकस्मिक सेवा पछिल्लो एकबर्ष देखि प्रभावित भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो