२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने

१४ बैशाख २०८१, शुक्रबार ०३:०३

बैशाख १४, रियाद  | साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ । तर, साउदी अरबमा रक्सी भने प्रतिबन्धित रहेको अवस्था छ। 

साउदी अरबमा इस्लामको सबैभन्दा महत्त्वपूर्ण स्थानहरू मक्का र मदिना हुन् र रक्सीलाई इस्लाममा हराम मानिन्छ। यस्तो अवस्थामा साउदीमा मदिरा बिक्री र उत्पादनमा प्रतिबन्ध लगाइएको छ । साउदी पर्यटन मन्त्री अहमद अल खातिबले मदिरा आवश्यक भए पनि यसले साउदीको पर्यटनमा प्रतिकूल असर नपरेको बताएका छन् । ब्लूमबर्गसँगको अन्तर्वार्तामा उनले साउदीले मदिरा बिक्री नगर्ने निर्णय गरेको बताए ।

अहमद अल खातिबले साउदीमा ठूलो संख्यामा मानिसहरु आउने गरेको बताए । धेरै मानिसहरु व्यापार, फुर्सद र धार्मिक कारणले आउने गरेका छन् तर उनीहरुले रक्सीको बारेमा गुनासो गरेका छैनन्। मन्त्रीले साउदी आउने मानिसहरु खानपान र किनमेलमा रमाइलो गर्ने गरेको बताए । विदेशीहरू यहाँको संस्कृतिसँग परिचित छन्। मन्त्रीले साउदीको पर्यटन प्रवद्र्धनले निरन्तरता पाउनेमा आफू आशावादी रहेको बताए ।

साउदी अरबले अन्तर्राष्ट्रिय पर्यटनमा ठूलो फड्को मारेको छ । संयुक्त राष्ट्रसंघको पर्यटन वरियतामा साउदीले शीर्ष स्थान हासिल गरेको छ । सन् २०१९ को तुलनामा सन् २०२३ मा साउदीमा पर्यटनमा ५६ प्रतिशतले वृद्धि भएको छ ।

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान  ‘गोल २०३०’ अन्तर्गत धेरै कुरामा काम गरिरहेका छन्, जसमध्ये सबैभन्दा ठूलो पर्यटन हो। रिपोर्टका अनुसार सन् २०२३ मा १.०६ करोड मानिसले साउदी अरेबिया भ्रमण गरेका थिए, यो संख्या साउदी भिजन २०३० भन्दा बढी हो । सरकारले निओम सिटी, लक्जरी ट्रेनलगायत धेरै कुरामा अर्बौं डलर लगानी गरिरहेको छ तर सबैभन्दा ठूलो प्रश्न साउदीमा मदिरा नहुँदा पर्यटक आउँदैनन् भन्ने हो । यो प्रश्नको जवाफ साउदी पर्यटन मन्त्रीले दिएका छन् ।

हालैका महिनाहरूमा, साउदीमा रक्सी पसल खोलिएको खबर साउदीबाट आएको थियो तर यो पसलमा गैर मुस्लिम कूटनीतिज्ञहरूलाई मात्र रक्सी उपलब्ध गराउने निर्णय गरिएको छ। यस पसलमा धेरै कडा नियमहरू बनाइएको छ। साउदीले ७० वर्षमा पहिलो पटक मदिरा बिक्री गर्ने कदम चालेको छ । यो पसल कूटनीतिक क्वार्टर नजिकै खोलिएको छ, जहाँबाट मदिरा किन्न एपमा दर्ता गर्नुपर्नेछ । यस बाहेक यस पसलबाट दर्ता भएका व्यक्तिले मात्र मदिरा किन्न पाउँछन्, कुनै पनि साथी वा चालकलाई रक्सी दिइने छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली