२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा

१५ बैशाख २०८१, शनिबार १२:१७

बैशाख १५, काठमाडौँ । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको छ ।

यस अन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ, जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ, जसमा प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम समावेश छ । उनीहरुको सहयोगले युक्रेनलाई रुसी हवाई आक्रमणबाट बच्न निकै सहयोग पुग्ने छ । युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउन माग गर्दै आएको थियो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शनिबार युक्रेनलाई सैन्य सहयोग गर्ने घोषणा गरेका छन् । यो सहयोग युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (युएसएआई) अन्तर्गत दिइएको हो, जसको सहयोगमा युक्रेनले अमेरिकी कम्पनीहरुबाट नयाँ हतियार प्राप्त गर्नेछ । पेन्टागनमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अस्टिनले यो अहिलेसम्मकै ठूलो सैन्य सहायता भएको र युक्रेनलाई छिट्टै हतियार आपूर्ति गरिने बताए । यस सैन्य सहायता अन्तर्गत युक्रेनले अमेरिकाबाट एन्टी-ड्रोन प्रणाली, आधुनिक हतियार र हावाबाट जमिनमा मार हान्ने हतियार पाउनेछ।

अमेरिकाले युक्रेनलाई ६० अर्ब डलरको सहायता प्याकेज घोषणा गरेको थियो । यो ६ अर्ब डलरको सैन्य सहायता पनि त्यही प्याकेजको हिस्सा हो । यो सहयोगले युक्रेनलाई रुस विरुद्धको लडाईमा धेरै मद्दत गर्नेछ । खासगरी युक्रेनले अमेरिकाबाट हवाई प्रतिरक्षा प्रणाली अन्तर्गत प्याट्रियट मिसाइल र नासाम्स एयर डिफेन्स सिस्टम पनि पाउनेछ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको सैन्य सहयोगमा खुसी व्यक्त गरे तर यो पनि भने कि उनीहरूलाई अझै पनि रूसी हवाई आक्रमणको सामना गर्न थप वायु रक्षा प्रणाली आवश्यक छ ।

अस्टिनले विगत दुई वर्षमा युक्रेनलाई ७० मध्यमदेखि लामो दूरीको हवाई प्रतिरक्षा प्रणाली, हजारौं क्षेप्यास्त्र, तीन हजार बख्तरबन्द गाडीका साथै ८०० ट्याङ्क र १० हजार ट्याङ्क विरोधी मिसाइलहरू दिएको अस्टिनले बताए । साथै, युक्रेनले चाँडै एफ-१६ लडाकु विमानहरू प्राप्त गर्नेछ । युक्रेनलाई सैन्य सहायता दिने विषयमा अमेरिकी रक्षामन्त्रीले भने, 'यदि युक्रेन पुटिनको कब्जामा गयो भने पुटिनको प्रभाव सम्पूर्ण युरोपमा देखिनेछ ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली