कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् । 

सोमबार दिउँसो सो कारबाह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् । 

सोमबार दिउँसो सो कारबाह"/>

५ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी कारबाहीमा ओडिसामा १८ माओवादी मारिए

८ कार्तिक २०७३, सोमबार ११:३५

कात्तिक ८, नयाँदिल्ली । भारतीय पूर्वी राज्य उडिसामा भएको प्रहरी कारबाहीमा परी कम्तीमा पनि १८ जना नक्सालवादी मारिएका छन् । 

सोमबार दिउँसो सो कारबाही भएको बताइएको छ । कारबाहीका क्रममा दुईजना प्रहरी पनि घाइते भएका समाचारमा उल्लेख गरिएको छ । ओडिसाको मालकानगिरी नामक जङ्गलमा प्रहरी र नक्सालवादी लडाकूबीचमा दोहोरो गोली हानाहान भएको थियो । 

सोही क्रममा १८ जना नक्सालवादी मारिएका भारतीय प्रहरीले जानकारी दिएको छ । ओडिसाको सदरमुकाम भुवनेश्वरबाट प्रहरी र नक्सालवादी लडाकूबीचमा दोहोरो गोली हानाहान भएको जङ्गल करिब ६५० किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा पर्दछ । 

आन्द्रप्रदेश र ओडिसाको संयुक्त विशेष प्रहरी बलले सो कारबाही गरेको थियो । उक्त संयुक्त बलमाथि सोमबार बिहानै नक्सालवादी लडाकूहरुले हमला गरेका थिए । 

हमलापछि ठूलो सङ्ख्यामा नक्सालवादी मारिएका जानकारी भारतीय प्रहरीले सोमबार बिहान नै दिएको थियो । 

भारतीय प्रहरीले सोमबार अपरान्ह सो झडपमा मारिने प्रहरीको सङ्ख्या १८ पुगेको जनाएका छन् । त्यसमा परी अरु पनि कैयौं प्रहरी घाइते भएका प्रहरीको भनाइ छ । 

उक्त जङ्गल क्षेत्रमा करिब ५० देखि ६० जना नक्सलाइट्स जम्मा भएका सूचनाको आधारमा सो जङ्गललाई घेराहाली प्रहरीले कारबाही थालेको थियो । 

तर प्रहरीको कारबाही सुरु हुनु अगावै नक्सलाइट्सले प्रहरीमाथि हमला थालेका थिए । यसअघि पनि सो जङ्गलमा ठूलो सङ्ख्यामा नक्सालवादी मारिएका थिए । नक्सालवादीलाई माओवादी पनि भन्ने गरिन्छ । 

भारतीय पूर्वी राज्यहरुमा सन् १९६७ देखि नै माओवादी आन्दोलन सुरु भएको हो । जमिनदारी प्रथाका विरुद्ध र गरिबहरुको हक अधिकारको स्थापनाका लागि भन्दै उनीहरुले भारतमा विगत लामो समयदेखि नै हिंसात्मक विद्रोह सुरु गरेका थिए । 

हालसम्म ती विद्रोहीका कारण सयौं नागरिकको ज्यान गइसकेको छ । प्रहरीले खोजी र कारबाहीको काम जारी नै राखेका छन् । रासस÷ सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्टार स्पोर्ट्ससँग गैरकानूनी सम्झौता गरेको भन्दै क्यानको निर्णयप्रति तीन संस्थाको आपत्ति न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीया युवती पक्राउ अदालत परिसरमा विष सेवनपछि रश्मिला धामी पक्राउ मेडिसिटी अस्पतालमा बिरामीको मिर्गौला गायब बनाएको भन्दै चर्को आन्दोलन, के भन्छ अस्पताल? मन्त्री पाण्डेमाथि लगाएको आरोपप्रति सांसद बजगाईंले मागे माफी आज बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? पूर्वडीआईजी जोशीलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिँदै घट्न थाल्यो काठमाडौंको तापक्रम, बढ्न थाल्यो चिसो विराटनगर किंग्सको जर्सी सार्वजनिक संघीय संसद अन्तर्गत तीनवटा समितिको बैठक बस्दै रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै युइएफए नेसन्स लिग फुटबलमा जर्मनी क्वाटरफाइनल प्रवेश उप–निर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम पूर्वानुमान: यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना एनआरएनए एकताको प्रयासमा पूर्व अध्यक्ष शेष घले नेतृत्वमा बैठक सम्पन्न (भिडियो) बालुवाटारमा कांग्रेस–एमाले शीर्ष नेता छलफलमा, मन्त्रिपरिषद् बैठक स्थगित प्रसाईंलाई साइबर ब्यूरो पठाइयो, आज म्याद थप नहुने रवि लामिछानेले हुण्डीबाट अमेरिकामा पैसा पठाएको पनि खुल्न आएको छः एमाले नेता बस्नेत