१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हात्तीपाइलेको औषधी खाएपछि ६५ वर्षीया वृद्धाको मृत्यु

२१ बैशाख २०८१, शुक्रबार ०८:२३

बैशाख २१, काठमाडौँ । हात्तीपाइले रोग  विरुद्धको औषधी सेवन गर्दा झापामा एकजना वृद्धाको मृत्यु भएको छ।  सरकारको यसपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान झापा सहितका सात जिल्लामा चलिरहेको छ।

बिहीबार भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको  औषधी सेवनपछि स्वास्थ्य जटिलता देखिएको र स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।

अहिले मृतकको शव पोस्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  राखिएको बताइएको छ।


 तर, हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘हामीलाई अहिलेसम्म  हात्तीपाइले रोग  विरुद्धको औषधीकै सेवनका कारण बिरामीको मृत्यु भएको भन्ने विषय पुष्टि भएको छैन, हामी पनि बुझ्दै छौँ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले पनि हालसम्म हात्तीपाइले विरुद्धको औषधीको सेवनकै कारण मृत्यु भएको भन्ने खबर रिपोर्ट नभएको बताए।

तर, अहिले उक्त औषधी खुवाउने अभियान चलिरहेको भन्दै अभियानमा नकारात्मक प्रभाव पर्ने हुँदा सरकारले औषधी सेवनकै कारण मृत्यु भएको घटना सार्वजनिक गरेको छैन। तर, उक्त घटना बाहिरिएलगत्तै हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको सहितको टिम झापा पुगेको बताइएको छ।  

स्वास्थ्य मन्त्रालयले गत आइतबार देशका सातवटा जिल्ला (झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, कपिलवस्तु र महोत्तरी)मा हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु गरेको थियो।

हात्तीपाइले रोगबाट बच्न का लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ र आइभरमेक्टिन नामका तीन औषधि खुवाउने भएको हो। रगत र पेटमा भएका परजीवी जुका मार्न ती औषधि खुवाइन्छ। चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवी जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट