२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हात्तीपाइलेको औषधी खाएपछि ६५ वर्षीया वृद्धाको मृत्यु

२०८१, २१ बैशाख शुक्रबार ०८:२३

बैशाख २१, काठमाडौँ । हात्तीपाइले रोग  विरुद्धको औषधी सेवन गर्दा झापामा एकजना वृद्धाको मृत्यु भएको छ।  सरकारको यसपटक हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान झापा सहितका सात जिल्लामा चलिरहेको छ।

बिहीबार भद्रपुर १ निवासी ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको  औषधी सेवनपछि स्वास्थ्य जटिलता देखिएको र स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ।

अहिले मृतकको शव पोस्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  राखिएको बताइएको छ।


 तर, हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, ‘हामीलाई अहिलेसम्म  हात्तीपाइले रोग  विरुद्धको औषधीकै सेवनका कारण बिरामीको मृत्यु भएको भन्ने विषय पुष्टि भएको छैन, हामी पनि बुझ्दै छौँ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गोकर्ण दाहालले पनि हालसम्म हात्तीपाइले विरुद्धको औषधीको सेवनकै कारण मृत्यु भएको भन्ने खबर रिपोर्ट नभएको बताए।

तर, अहिले उक्त औषधी खुवाउने अभियान चलिरहेको भन्दै अभियानमा नकारात्मक प्रभाव पर्ने हुँदा सरकारले औषधी सेवनकै कारण मृत्यु भएको घटना सार्वजनिक गरेको छैन। तर, उक्त घटना बाहिरिएलगत्तै हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको सहितको टिम झापा पुगेको बताइएको छ।  

स्वास्थ्य मन्त्रालयले गत आइतबार देशका सातवटा जिल्ला (झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा, कपिलवस्तु र महोत्तरी)मा हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु गरेको थियो।

हात्तीपाइले रोगबाट बच्न का लागि ‘डाइथाइल कार्बामाजिन’ (डिइसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ र आइभरमेक्टिन नामका तीन औषधि खुवाउने भएको हो। रगत र पेटमा भएका परजीवी जुका मार्न ती औषधि खुवाइन्छ। चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवी जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह