२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भेलुबाजेलाई कुटपिट गरेको भन्दै टिकटकर गीता केसीविरुद्ध प्रहरीमा जाहेरी

२०८१, २१ बैशाख शुक्रबार ११:०२

बैशाख २१, काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल मीनबहादुर बुढा (भेलुबाजे) को मृत्यु कुटपिटबाट भएको भन्दै एक महिलाविरुद्ध जाहेरी दर्ता भएको छ । कुटपिटबाट उनको मृत्यु भएको भन्दै प्युठान नगरपालिका ८, बाग्दुलामा व्यवसाय गर्ने गीता केसीविरुद्ध ‘भेलुबाजे’ का आफन्तले जाहेरी दर्ता गराएका हुन् । गीता टिकटकरसमेत हुन् ।

ज्वाइँ हिमलाल पुनका अनुसार त्यस दिन गीता केसीले भेलुबाजेलाई कसैले पाँच हजार पठाएको भन्दै लिन बोलाएकी थिइन् । गीता र भेलुबाजे राति अबेरसम्म लाइभ बसेका थिए । त्यस क्रममा भेलुबाजेले सल्काएको चुरोटले ओछ्यान जलेपछि कुटपिट भएको उनको दाबी छ । आफूसँगको कुराकानीमा गीताले बाजेले ओछ्यान जलाइदिएपछि दुई/चार थप्पड लगाइदिएको स्वीकारेको समेत हिमलालको भनाइ छ ।


गीता केसी सक्रिय टिकटकर हुन् । उनले भेलुबाजेका थुप्रै टिकटक बनाएकी छन् भने भेलुबाजेसँग लाइभमा पनि बस्ने गरेकी थिइन् । प्युठान नगरपालिका-५ जुम्रिकाँढा घर भएका भेलुबाजेको बिहीबार बेलुका प्युठान अस्पतालमा मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई दिउँसो १ बजे अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जाहेरी आएको पुष्टि गरे ।

‘कुटपिट गरेर मृत्यु भएको भनेर जाहेरी परेको छ । हामीले दर्ता पनि गरेका छौँ । यस विषयमा अनुसन्धान बढी बढाएका छौँ,’ उनले भने ।

शव जिल्ला अस्पताल विजुवारमा राखिएको छ । मृतकका आफन्तले घटनाको अनुसन्धान र शवको पोष्टमार्टम गर्न माग गरेका छन् । जाहेरी लिएपछि पोष्टमार्टम लागि प्रक्रिया अघि बढेको ज्वाइँ हिमलालले बताए । प्यूठान अस्पतालकी सूचना अधिकारी सम्झना श्रेष्ठले भेलुबाजेको शरीरको बाहिरी भागमा ठूलो घाउ नदेखिएको बताइन् ।

‘बाहिरबाट हेर्दा सामान्य नै देखिन्छ । सानो डामहरू त देखिन्थ्यो । तर, त्यति ठूलो चोटहरु त देखिएको छ । अब अन्य कुरा त पोस्टमार्टमबाट थाहा होला,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह