९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अष्ट्रेलियाकी महिला सांसदमाथि यौन दुर्व्यवहार !

२३ बैशाख २०८१, आईतवार ०८:१५

बैशाख २३,  काठमाडौँ । अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफुलाई राति बाहिर जाँदा लागुऔषध सेवन गरी यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन् । ब्रिटनी लाउगाले एक इन्स्टाग्राम पोस्टमा उनीमाथि निर्वाचन क्षेत्र येप्पुनमा हमला भएको बताएकी हुन् ।

३७ वर्षीय अष्ट्रेलियाली सांसद पहिले अप्रिल २८ मा प्रहरीमा गएकी थिइन् र त्यसपछि अस्पताल पुगेकी थिइन् ।  यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


लाउगाले इन्स्टाग्राम पोस्टमा लेखेका छन्, 'अस्पतालमा गरिएको परीक्षणले मलाई औषधि दिइएको थियो । यी औषधिले आफ्नो शरीरमा असर गरेको र उनीहरुको सम्पर्कमा आएका सबै महिलालाई लागूऔषध खुवाइएको थियो ।' उनले भनिन्- 'यो ठीक होइन। हामीले लागूऔषध खुवाइने र आक्रमणको डर नराखी हाम्रो सहरमा सामाजिक रूपमा काम गर्न सक्नुपर्छ ।' 

उजुरीका आधारमा यस विषयमा यिपुनमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले यस विषयमा हाल अन्य कुनै उजुरी नपरेको बताए । प्रहरीले यस विषयमा कुनै जानकारी भएमा अधिकारीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

क्वीन्सल्याण्डको आवास मन्त्री मेगन स्क्यानलनले घटनालाई स्तब्ध र डरलाग्दो भएको बताएकी छिन् । उनले भने, 'ब्रिटानी क्वीन्सल्याण्ड संसदमा एक सहकर्मी, एक साथी, एउटी युवती हुन् । यो पढेर म धेरै छक्क परें ।' उनले महिला घरेलु, पारिवारिक र यौन उत्पीडनको सिकार हुनु अस्वीकार्य रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना